अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा यसै महिना कोरोना बिरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ ।
नगरपाालिकाले एक सुचना जारी गर्दै नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थाहरुमा साउन १३ गतेदेखी संचालन भएको कोरोना बिरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाई दोस्रो मात्राको प्रखाईमा बसेकाहरुलाई यही भदौ ८ गतेखी ११ गते खोप लगाइने भएको हो ।
जसमा गोदावरी नगरपालिकाको विकट वडा नं ४ मा रहेको हाटखोली शहरी स्वास्थ्य क्लिनिक र फुलबस्ती शहरी स्वास्थ्य क्लिनिकमा भदौ ८ र ९ गते खोप लगाइने छ ।
यस्तै मालाखेती अस्पताल , गोदावरी स्वास्थ्य चौकी , गेटा स्वास्थ्य चौकी , बडेहा स्वास्थ्य चौकी , बेलादेवीपुर स्वास्थ्य चौकी , चाप सल्ली शहरी क्लनिक , खमौरा शहरी क्लिनिक , जमुनाभाडी शहरी क्लिनिकमा भदौ ८ गतेदखी ११ गते सम्म खोप लगाइने ब्यबस्था मिलाएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । बिहान १० बजेदेखी ४ बजे सम्म खोप लगाउन सकिने छ ।
खोप लगाउन जादाँ पहिलो मात्रा लगाएको खोप कार्ड अनिवार्य लैजानुपर्ने छ । भेरोसेल खोपको पहिलो मात्र लगाएका ब्यक्तिहरुले आफुलाई पायक पर्ने स्थानमा गई खोप लगाउन स्वास्थ्य शाखाले अनुरोध गरेको छ ।
गोदावरी नगरपालिकामा अहिले सम्म १० हजारले कोरोना बिरुद्धको खोप लगाएका छन् । जसमा ८ हजारले दुवै मात्राको खोप पाइसकेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
