अत्तरिया -गोदावरी नगरपालिकामा पूर्व माओबादीका सबै कार्यकर्ता एमालेमा रहेको दाबी गरिएको छ । अदालतको निर्णयपछि पुर्बमाओबादीबाट एमालेमा प्रबेश गरेका नेकपा एमाले गोदावरी नगरकमिटीका अध्यक्ष गोकर्ण भट्टले पूर्वमाओबादीको कमिटीमा रहेका १४८६ जना आफुहरु संगै रहेको बताए ।
उनले केही दिन अघि गोदावरी न्युजमा प्रकाशित समाचारमा पूर्वमाओबादीका कार्यकर्ता पुन: माओबादी मै फर्किने थाले भन्ने समाचार सत्य नभएको समेत जिकिर गरे ।
'नेकपाको बिभाजनपछि बनेको एमालेमा नै नगरपालिका सबै वडाका कार्यकर्ता रहेका छन्,' भट्टले भने,' अहिले माओबादीले बनाउन लागेको कमिटीमा सबै नयाँ होलान पूर्व माओबादीका नेता कार्यकर्ता एमालेमै छन् ।'
उनका अनुसार पुर्ब माओबादीको कमिटीमा रहेका वडा नम्बर १ का १८५ जना ,वडा नम्बर २ का ३२७ जना , वडा नम्बर ३ का ६८ जना ,वडा नम्बर ४ का १९३ जना हाल एमाले मै रहेका छन् ।
यस्तै वडा नम्बर ५ का २९ जना ,वडा नम्बर ६ का ४६ जना, वडा नम्बर ७ का ९९ जना ,वडा नम्बर ८ का ५३ जना , वडा नम्बर ९ का ११४ जना ,वडा नम्बर १० का ५३ जना ,वडा नम्बर ११ का ६८ जना र वडा नम्बर १२ का २५१ जना पनि हाल एमालेमा नै रहेको भट्टको भनाई रहेको छ ।