अत्तरिया - थारु कल्याणकारीणि सभाले गोदाबरी नगरपालिकाका प्रमुख हरि सिं साउंदलाई ज्ञापन पत्र बुझाएको छ ।गोदाबरी नगरपालिकाले माग गरेको करार विज्ञापनको छनौट प्रक्रिया समावेशी हुनुपर्ने भन्दै उसले ज्ञापन पत्र बुझाएको हो ।
नगर समितिका सभापति जनकलाल चौधरी नेत्रित्वको टोलीले नगरप्रमुख साउँदलाई भेटेर ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा नगरपालिका कार्यालयले आव्हान गरेको करार विज्ञापन कार्यन्वयन समानुपातिक समावेशी सिद्धान्तलाई पालना गरी छनौट प्रक्रिया कार्यन्वयनको माग गरेको छ ।
ज्ञपन पत्रमा भनिएको छ ‘हाम्रो देश विविधता भरिपर्ण देश हो । भौगोलिक, जातिय, धार्मिक सांस्कृतिक विविधता नै मुलुकको गहना हो । यी विविधतायक्त गहना सजाउने हामी सबैको दायित्व हो । विविधताको एकताले मात्रै सामाजिक सौहार्दता तथा सामाजिक सदभावलाई जोड्न सक्दछ । यसर्थ सबैको सहअस्तित्वको पहिचान गर्न सक्नु पर्दछ । यसले दिर्घकालिन द्धन्द रुपान्तरण दिगो शान्ति र भौतिक विकास निर्माणमा टेवा पग्दछ ।’
गोदावरी नगरपालिका ले श्रावण महिनामा बिभिन्न पदमा जनशक्ती माग गरेको छ । विज्ञापन आव्हान कार्य स्वागतयोग्य भएपनि करार विज्ञापन आव्हान गरी राजनीतिक कार्यकर्ता भर्तीको रुपमा नलिन अपिल गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
संविधानको धारा ४२ को सामाजिक न्याय सम्बन्धी ब्यवस्थाले राज्यको मुलधारबाट बाहिर रहेका जाति वर्ग क्षेत्र लिंगको समानुपातिक समावेशीको स्पष्ट ब्यवस्थालाई कार्यन्वय गर्न ज्ञापन पत्र मार्फत अनुरोध गरेको छ ।
मागहरु
१. नगरपालिका कार्यालयले आव्हान गरेको करार विज्ञापन कार्यन्वयन समानुपातिक समावेशी सिद्धान्तलाई पालना गरी छनौट प्रक्रिया कार्यन्वयन गरियेस ।
२. स्थानीय सरकार हरेक बर्ष बजेट तर्जुमा, विनियोजन गर्दा यस क्षेत्रको भौतिक बिकतता, सम्भाव्यता र लक्षित वर्ग (आदिवासी, दलित शिल्पी, थारु, अपांगता, महिला, पिछडा वर्ग, बालबालिका) को अवस्थालाई मध्यनजर गरी विनियोजन गरियोस ।
३. थारु समदायमा परापुर्व काल देखि निरन्तर अभ्यासमा रहेको प्रथाजनित बरघर भल्मन्सा मटावाँ सोह्रिनिया प्रणालीलाई कानुनि मान्यता दिइयोस ।
४. यस क्षेत्रमा बसोबास गर्ने सम्पर्ण जातजाति, भाषाभाषीको पहिचान, संस्कृति, भेषभषा संरक्षण, सम्बद्र्धनका लागि अर्थपरक योजनाहरु लागुु गरियोस ।