डोटी- जिल्ला को पुर्विचौकि गाँउपालिका - ७ पोखरीमा रहेका ८ वटा सामुदायिक विद्यालय र एउटा सामुदायिक बालविकासका का बाल विकास देखि कक्षा ५ सम्मका ८५१ जना विद्यार्थीलाई स्व अध्ययन सामग्री वितरण गरिएको छ ।
सामुदायिक विकास केन्द्र डोटी र गुड नेवर्स इन्टरनेशनल नेपालको साझेदारीमा संचालन गरिएको सामुदायिक विकास परियोजना अन्तर्गत बालबालिकाहरुलाई उक्त सामग्री वितरण गरेको संस्थाका अध्यक्ष हेमराज जोशीले जानकारी दिए ।
कोभिड को समयमा विद्यालय बन्द रहेको र विद्यार्थीले नयाँ पाठ्यपुस्तक पनि वितरण भए पनि औपचारिक रुपमा कक्षा संचालन भएकोले उनीहरु को सिकाई निरन्तरका लागी सामग्री वितरण गरिएको संस्थाका शिक्षा विकास अधिकृत एकराज बडुले जानकारी दिए । वाल विकास देखि ५ कक्षा सम्मका विद्याथीलाई किताब, सेन्सील, इरेजर,,कलर पेनसील, सापनर, लगाएका शौक्षिक सामग्री गरीएको छ ।
विद्यालय बन्द भएको समयमा अभिभावकहरुको सहयोगले विद्यार्थीले घरमा नै अध्ययन गर्ने मिल्ले भएकाले यो पुस्तक विद्यार्थीहरुका लागी उपयोगी समग्री रहेको पुर्विचौकि गाँउपालिका - ७ का अध्यक्ष प्रकाश साँउदले बताए । पुस्तकमा रहेका आर्कषण चित्रहरुको माध्यमबाट पठन पाठन सहज तथा दिगो हुने अध्यक्ष साँउद ले जानकारी दिए ।
सामुदायिक विकास केन्द्र डोटी ले गुड नेवर्स इन्टनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग मा सन् २०१६ देखि पुर्विचौकि गाँउ पालिका वडा ७ र दिपायल सिलगढी नगरपालिका वडा ८ लडागडाका शिक्षा, बाल संरक्षण र प्रायोजीत सेवमा विभिन्न कार्यक्रम संचालन गरिरहेको छ ।