धनगढी -नेकपा माओबादी केन्द्रले कैलालीको गोदावरी नगरपालिकामा संगठन बिस्तारलाई तिब्र पारेको छ । गोदावरी नगरपालिका पूर्व माओबादी केन्द्रका नेता लेखराज भट्टको गृह क्षेत्र भएकाले पनि उसले संगठन बिस्तारलाई तिब्र बनाएको हो ।
नगरपालिकाका ६ वटा वडामा २९ सदस्ययी वडा कमिटी पनि बनाएको छ । भट्टको वडा नम्बर १ पनि उसले आफ्नो वडा कमिटी बनाएको छ । गोदावरी नगरपालिकामा फेरी माओबादीका नेता कार्यकर्ताहरु एक ढिक्का हुन थालेका छन । माओबादीका पूर्व सुदुरपश्चिम कमान्डर एमालेमा गएपनी त्यसको प्रभाब कार्यकर्ता स्तरमा खासै नपरेको माओबादीका नेताहरुको भनाई रहेको छ ।
'शुरुमा केही प्रभाब देखिएजस्तो भएपनी अहिले त्यस्तो देखिएको छैन,' माओबादीका पुराना नेता मेघराज भट्टले भने,' लेखराज सर एक्लै जानु भयो, सर सल्लाह कसै सँग भएन ,अहिले माओबादीमा उँहाको खोजी हुँदैछ।' नेता मेघराज भट्टले लेखराज भट्ट माओबादीमा फर्किनु पर्ने यँहाका माओबादी कार्यकर्ताको बुझाई रहेको बताए ।
'क्षेत्र नम्बर ४ मा युद्दकालिन माओबादी एक दुई जना बाहेक कोही एमालेमा गएका छैनन गएका पनि फर्कीसके,' उनले भने,' सुदुरपश्चिममा धेरै जसो माओबादी कार्यकर्ताको गुरु लेखराज सर नै हो त्यसैले पनि उँहा माओबादीमा फर्किनु पर्छ ।,' उनले भने- 'लेखराज सरको आदेशमा हिजो मर्न हिंडेका कार्यकर्तालाई बिचमै छोडेर उँहा भाग्न मिल्दैन ।'
नेता भट्टले माओबादीको संगठन हिजो जस्तो थियो आज पनि त्यस्तै रहेको खाली नेताहरु गाउँ सम्म नजोडिएकाले जनता सँग सम्बन्ध टुटेको जस्तो देखिएको जिकिर गरे । उनले अहिलेको देशको मुख्य एजेन्डा माओबादीको भएकाले माओबादीकै नेत्रित्व देशका लागि अपरिहार्य रहेको दाबी गरे ।
'अहिलेको समाबेशीता,गणतन्त्र,संघियता माओबादीको एजेन्डा हो, कि त यि सबी कोल्याप्स हुनुपर्यो होइन भने माओबादीको नेत्रित्वमा मात्रै अहिलेको संबिधान को रक्षा हुन्छ,' भट्टले भने,' त्यसैले सुदुरपश्चिममा पनि लेखराज सर कै नेत्रित्वमा सबै माओबादी गोलबद्ध हुन सक्ने स्थिती छ । हिजो जे जे भयो त्यो गल्ती थियो भनेर उँहाले पनि रियलाइज गर्नु पर्दछ ।'
भट्टले एमालेमा माओबादी नेताहरुको कुनै स्थान हुन नसक्ने बताए । एमाले भित्र आफ्नै लंडाइ परेको छ त्यँहा माओबादीका नेताहरुको स्थान हुने देखिएन त्यो पछिल्ला राजिनितिक घटना क्रमले पुष्टी गरेको उनको भनाई रहेको छ ।
लेखराज माओबादीमा फर्किने बिस्वास
सुदुरपश्चिमका माओबादी कमान्डार लेखराज भट्ट तत्कालिन नेकपा हुँदा ओली निकट रहेको थिए । ओलीको मन्त्रीमन्डलमा मन्त्री पनि पटक पटक भए । अदालतले एमाले र माओबादीलाई अलग अलग गरीदिएपछी पनि लेखराज भट्ट एमालेमा नै रहे ।
लेखराज भट्ट सँगै एमालेमा गएका केही पूर्व माओबादी नेताहरु पुन माओबादी मै फर्कन थालेका छन । अहिले पनि लेखराज भट्ट एमाले मै रहेका छन । उनले अब माओबादी फर्किन नसकिने बताउँदै आएका छन ।
तर माओबादीका स्थानिय नेताहरु भने लेखराज भट्ट फेरी माओबादी मा नै फर्किनेमा आशाबादी रहेका छन । सुदुरपश्चिममा अहिले महत्वपूर्ण भुमिकामा रहेका माओबादी नेताहरु अधिकाँस लेखराज भट्ट पक्षिय नै नेताहरु भएकाले पनि भट्ट माओबादीमा फर्किनेमा आशाबादी देखिएका छन ।