अत्तरिया - कैलालीको अत्तरिया आसपास एकै दिन ३ वटा दुर्घटना भएका छन् । गए राति छुट्टा छुट्टै स्थानमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । धनगढीबाट डडेल्धुरा तर्फ जादै गरेको से १ ख ८५१ नम्बरको मिनि ट्रक गोदावरीको पुल नजिकै दुर्घटना हुदाँ चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ट्रक चालक बैतडीको सिगास गाउँपालिका – ९ बाचपानीका ३५ बर्षीय रामसिह महरा रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका महराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
सोही दुर्घटनामा परी बैतडीको सुर्नया गाउँपालिका ५ घर भएका सहचालक पंकज मडै घाइते भएका छन् । ट्रक सडकभन्दा करिब ३० मिटर तल खसेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै गएराति अत्तरिया नजिकै स्कारपियो र मोटरसाईकल एक आपसमा ठोकिदाँ एक जना घाईते भएका छन् । गोदावरी नगरपालिका वडा नं ३ स्थित मालिका टोल नजिक गए राति महेन्द्रनगरवाट अत्तरिया तर्फ आउदै गरेको से १ च १००४ नम्बरको स्कारपियो र विपरित दिशावाट जादै गरेको से ५ प ६४०६ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिदाँ एक जना घाईते भएका हुन् ।
घाईते हुनेमा मोटरसाईकल चालक लोकेन्द्र राबल रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
यस्तै अत्तरियाको महेन्द्रनगर रोडमा एक मोटरसाईकलले अर्को मोटरसाईकललाई ठक्कर दिदाँ एक जना घाईते भएका छन् । साहारा होटल नजिक हिजो बेलुका अत्तरियावाट चौकिडाड तर्फ जादै गरेको प्रदेश २ ०२६ प ७०६९ नम्बरको मोटरसाईकलले सोही दिशा तर्फ जादै गरेको सु प प्र ०१०० ९ प ९१३८ नम्बरको मोटरसाईकललाई पछाडीवाट ठक्क दिदाँ एक जना घाईते भएका हुन् ।
घाईते हुनेमा धनगढी उपमहानगरपालिका वडा नं ३ बस्ने प्रमानन्द पन्त रहेको प्रहरीले जनाएको छ । उनको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भैहरको र अबस्था समान्य रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।