कन्चनपुर -७ विद्यार्थी संगठनले गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याएर सञ्चालन गर्नु पर्ने माग गरेका छन । उनीहरुले बिहीबार प्रधानमन्त्री देउवालाई स्थानिय प्रसाशन मार्फत माग पत्र पठाएका छन् ।
‘प्रस्तावित मेडिकल कलेज लाई तत्काल छिटोभन्दा छिटो सु.प. विश्वविद्यालय अन्तर्गत ल्याएर शैक्षिक कार्यक्रम संचालनको नमूना तयार गरि आगामी वर्ष देखि प्रारम्भिक चरणको अध्ययन–अध्यापन सुचारु गर्न राज्य संग जोडदार माग गर्दछौं’ विद्यार्थी संगठनले प्रधानमन्त्री देउवालाई पठाएको मागपत्रमा भनिएको छ ।
विद्यार्थी संगठनले मेडिकल सञ्चालनमा सरकार उदासिन देखिएको आरोप लगाएका छन् । ‘हालसम्म पनि मेडिकल कलेज सञ्चालनको सन्दर्भमा राज्यले देखाएको उदासिनताले हामी सबै चिन्तित छौ’ मागपत्रमा भनिएको छ,‘प्रस्तावित गेटा मेडिकल कलेजको प्रक्रिया अघि बढाउने सन्दर्भमा शैक्षिक कार्यक्रम संचालनको मोडेल अझै तयार भएको छैन । अहिले आएर मेडिकल कलेजको रुपमा अगाडि बढाउने वा छुट्टै स्वायत्त प्रतिष्ठान बनाएर सञ्चालन गर्ने भन्ने विषय छलफल भएको देखिन्छ ।’
प्रधानमन्धी देउवालाई बुझाएको मागपत्रमा शैक्षिक कार्यक्रम सञ्चालनको नमूना तयार गरी आगामी वर्ष देखि प्रारम्भिक चरणको पठनपाठन सञ्चालन गर्न माग गरिएको छ ।
अनेरास्ववियुका केन्द्रीय सचिव गणेश सिंह ऐरी, नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सह महामन्त्री अच्युतराज कलौनी, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव भरत लिसानी, अखिल ( क्रान्तिकारी ) का सेती महाकाली संयोजक विरेन्द्र शाह, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन, सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष उमेश विष्ट, अखिल ( क्रान्तिकारी ) का सुदूरपश्चिम प्रदेश प्रदेश कार्य वाहक संयोजक पुष्कर जोशी, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन, सुदूरपश्चिम प्रदेश संयोजक द्रोणाचार्य अवस्थी र अखिल (छैठौ) प्रदेश सदस्य पुष्कर भट्टले मागपत्र हस्ताक्षर गरेका छन् ।
