अत्तरिया - पछिल्लो समयमा मानिसरहरुमा आफ्नो र आफ्ना प्रियजनको जन्मोउत्सव (जन्मदिन) मनाउने प्रक्रिया एक परम्परा जस्तै बन्दै गएको छ । हरेक मानिसको चाहाना हुन्छ कि उसले मनाउने जन्मदिन खास र बिशेष होस । हो तपाईहरु मध्य धेरै को चाहाना पनि त्यस्तो हुदा हामीले त्यसमा अनौठो नमान्दा हुन्छ ।बर्षमा एक पल्ट मात्र मनाउने सौभाग्य प्राप्त हुने विभिन्न किसिमका चाड पर्व जस्तै यो पनि एक प्रकारको पर्व नै हो मनाउने व्यत्ति र त्यसमा सम्मिलित समूह र व्यत्ति हरुका लागि । बर्षमा एक पल्ट मात्र मनाउने अवसर प्राप्त हुने सो अवसर लाई जो कसैले पनि खास र बिशेष बनाउने चाहाना राख्छ भने त्यसमा हामीले गलत अर्थले हेर्न पक्कै मिल्दैन ।हो आफ्नो र आफ्ना प्रियजनका जन्म दिनहरुलाई यस्तै खास र बिशेष बनाउन चाहाना राख्ने हरुका लागि उचित गन्तव्य बन्न सक्छ सुदुरपश्चचिम प्रदेस स्थित कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा पर्ने बर्दगोरिया गाउपालिका वडा नम्बर २ स्थित बर्दगोरिया धार्मिक तथा पर्यटकिय क्षेत्रमा रहेको असाहयका लागि सहयोगी हातहरु नेपाल नामक संस्ता द्धारा सञ्चालित साहारा घर ।
साहारा घर त्यो स्थान हो जहाँ असाहय, अनाथ र मानसिक सन्तुलन गुमेर सडकमा भौतारिरहेका मानवहरु लाई आस्रय दियर राखियको छ । करिब ५ बर्ष अगाडि पुर्व पश्चिम महेन्द्र राजमार्ग संगैको बौनिया बजारमा बल बहादुर बिष्ट र उहाकि धर्म पत्निले सञ्चालन गरेको साईराम भान्जा पोलि क्लिनिकमा एक जना सडक जीवन यापन गर्दै आईरहेका व्यत्ति आफ्नो सरिरमा किरा परेको अवस्थामा बिष्टको क्लिनिकमा पुग्छन , सो समयमा बिष्टले ती रोगि सडक जीवन यापन गरिरहेका व्यत्तिको सामान्य उपचार पश्चात फिर्ता पठाउछन ।भोलि पल्ट बिहान उठेर बिष्ट मर्निङ वाल्का जादा ती मानिस लाई रोडमा देख्दा उनको मनमा दया पलाउछ र उनी ल्यायर आफ्नै घरमा पाल्न सुरु गर्दैछन । यसरी बिष्टले आफ्नो घर बाट सुरु गरेको सो घरमा हाल ५१ जना व्यवारिसिय मानिसहरु रहेका छन ।
बर्षमा एक दिन मात्र आउने जन्म दिन लाई ती असाहयहरु संग मनाउदा पक्कै मनाउने को मनमा शान्ति र अमन चयन त मिल्नेछ नै ती बिष्टले पालन पोषण गरिरहेका मानिसरहरु एक छाक खाना खाने अवसर समेत प्राप्त गर्नेछन ।साहारा घरका सञ्चालक बिष्ट का अनुसार पछिल्लो समयमा जिल्लाका विभिन्न स्थान बाट जन्म दिन मनाउन आउने हरुको क्रम बड्दै गयको बताउदै एस बाट आफुमा सेवा गर्ने,भाव बड्दै गयको समेत बताउनु भयो । आउने होईन त तपाईं पनि साहारा घरमा जन्मदिन मनाउन । साहारा घर सम्म पुग्नका लागि मोटर बाटोको राम्रो व्यवस्था रहेको कुरा समेत जानकारि गराईन्छ ।
सो स्थान पुर्व पश्चिम महेन्द्र राजमार्ग बाट करिब ३ किलोमिटर उत्तर पुर्वमा रहेको बर्दगोरिया गाउपालिकाको पर्यटकिय तथा सांस्कृतिक पहिचान बोगेको बर्दगोरिया क्षेत्र संगै रहेको छ ।पत्रकार पाण्डेयले पनि सहारा घरमा बस्ने असहायका माझं मनाए आफ्नो जन्मदिन
यसैबिच मंगलबार हिमाल पोस्टकर्मी बिशाल पाण्डेयले सहारा घरमा बस्ने असहायका माझं आफ्नो जन्मदिन मनाएका छन् । हिमाल पोष्ट डट कमका सुदुर पश्चिम ब्युरो प्रमुख समेत रहेका पत्रकार पाण्डेले असहायका लागि सहयोगी हात नेपालद्बारा संचालित सहारा घरका असहायहरुलाई खाद्यान्न, फलफुल बितरण गर्दै आफ्ने जन्मदिन मनाएका हुन् ।
थोरै भए पनि सहारा घरमा सानो सहयोग गरेर जन्मदिन मनाउदा निकै खुशि लागेको हिमाल पोस्ट कर्मी पाण्डेयले बताए । उनले आगामि दिनमा पनि सहयोग गर्ने बताएका छन । साथै घोडाघोडी नगरपालिकाका बिद्यालय निरीक्षक उमेशराज रेग्मिले अध्यन संगै सहारा घरमा बसि हेरचाह गरिरहेका ३ जनालाइ स्टेशनरी सामाग्रि प्रदान गरेका छन । पत्रकार पाण्डेयको जन्मदिनको अवसरमा आफू पनि सहारा घरमा आउदा सानो भएपनी सहयोग गरौ भनेर उक्त सामाग्री सहयोग गरेको रेग्मीले बताए ।
पछिल्लो समय मानिसहरुले आफ्नो जन्मदिनमा भोज भतेर तथा फजुल खर्च गरि जन्मदिन मनाइरहेको बेलामा सहारा घरमा आएर जन्मदिनको मनाएको भन्दै सहारा घरका संचालक बल बहादुर बिष्टले पत्रकार पाण्डेयलाई धन्यवाद व्यक्त गरे । बिष्टले सहारा घरमा बसोबास गर्दै आएका असाहयहरुलाई स्वास्थ चेकजाँचमा निकै नै समस्या रहेको बताएका छन् ।
स्थानीय तहका प्रतिनिधिहरुले अशक्त तथा असहायहरुलाई सहारा घरमा पठाइ सहयोग गर्ने आश्वासन दिएपनी कुनै पनि किसिमको सहयोग नगर्ने हुँदा आउने ब्यक्तिहरुलाइ गाँस बासमा समस्या हुने गरेको संचालक बिष्टले गुनासो गरे । सहारा घरमा हाल ५१ जना मानसिक रोगीहरु बस्दै आइरहेका छन् भने ५३ जना मानसिक रोगीहरुलाई बिना औषधि निको पारेर परिवार मिलन गराइ घर फर्काएको छ ।