दार्चुला - जिल्लामा कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि एक संस्थाले जिल्ला अस्पताल सहित ५ वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।
अक्सफाम नेपालको आर्थिक सहयोग तथा सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुलाको सहजीकरणमा शुक्रबार जिल्लाका पाचँ वटा स्थानीय तह लगायत जिल्ला अस्पताल दार्चुला, नेपाल प्रहरी, तथा सशस्त्र प्रहरीलाई विभिन्न प्रकारका स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
संस्थाले झन्डै १३ लाख ५९ हजार रुपैँया बराबरको स्वास्थ्य सामग्री अस्पताल स्थानीय तह तथा सुरक्षा निकायलाई वितरण गरेको सिआरडियस नेपाल दार्र्चुलाका डिमलिडर असोक राज ओझाले जानकारी दिनु भएको छ ।
संस्थाले आफनो कार्यक्षेत्र भित्र रहेका जिल्लाको व्यासँ गाउँपालिका ,दुहुँ गाउँपालिका, महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका ,तथा लेकम गाउँपालिकामा स्वास्थ्य सामग्री हस्तारण गरेको उहाँले बताउनु भयो ।
संस्थाले इनफ्राइड डिजिटल थर्मोमिटर, गाउन,पल्स अक्सिमिटर सर्जिकल मास्क, पीपीई सेट, थर्मोमिटर, पन्जा,स्यानिटाइजर,वितरण गरेको जनाएको छ । जिल्लामा अक्सफाम नेपाल दार्चुलाले टोसा परियोजनाको क्षेत्रमा काम गदैँ आएको छ अहिले यो कार्यक्रम चौथो वर्षमा प्रबेश गरेको बताइएको छ ।
कार्यक्रममा सिआरडियस नेपाल दार्चुलाका कार्यसमिति सचिव शेखरचन्द्र ओझाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति उप प्रमुख कृष्ण सिह धामीको प्रमुख आर्थित्यता रहेको थियो ।
हस्तातरण कार्यक्रममा अक्सफाम नेपालको आर्थिक सहयोग तथा सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुलाको क्षेत्र भित्र रहेका स्थानीय तहका जनप्रतिनिधि सुरक्षा निकायका प्रमुख लगायत संञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।