अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा निकै भिड लाग्न थालेको छ । नगरपालिकाले ठूलो संख्यामा करारमा कर्मचारी माग गरेपछि आवेदन दिनेहरुको निकै भिड लाग्न थालेको हो ।
नगरपालिकाले साउन १४ गते एक सुचना जारी गर्दै नगरपालिकाका भित्र आवश्यक बिभिन्न ९ पदमा ३५ जना कर्मचारी माग गरेको थियो ।
नगरपालिकाले १५ दिन भित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुलाई कार्यालयको निर्धारित फाराम भरेर दरखास्त आह्वान गर्न भनिएको थियो । त्यसैको भोली पल्ट देखी नै नगरपालिकामा आवेदन दिनेहरुको भिड बढेको हो ।
आवेदनसंगै दस्तुर पनि तोकिएकाले राजश्व बुझाउनेहरुको लामो लाईन लाग्ने गरेको छ । प्रशासन शाखका अनुसार सबैमा गरेर अहिले सम्म ५ सय बढीले आवेदन दिइसकेका छन् ।
"नगरपालिकाले ठूलो संख्यामा कर्मचारी माग गरेपछि धेरै भन्दा धेरैले फाराम भरिरहेका छन् " प्रशासन शाखामा कार्यरत एक जना कर्मचारीले भने - यो सबै मिलाउन हाम्मे हाम्मे छ अहिले सम्म लगभग ५ सय बढीको आवेदन दर्ता भैसकेको छ बाकिँ आउने क्रम अझै जारी रहेको छ ।"
नगरपालिकाले जारी गरेको सुचना अनुसार मालाखेती अस्पतालका लागि एक जना फार्मेसी सहायक , एक जना रिसेप्सनलिष्ट माग गरेको छ भने गोदावरी नगरपालिका अन्र्तगतका स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रका लागि ५ जना ल्याब असिस्टेण्ट , ५ जना अहेब , ७ जना अनमी , गोदावरी नगरपालिकाका वडा कार्यालयहरुका लागि ७ जना सहायक कम्युटर अपरेटर माग गरेको छ ।
यस्तै नगरपालिकाको कार्यालयका लागि १ जना भ्याकु लोडर सह चालक , शहरी स्वास्थ्य केन्द्रका लागि ५ जना कार्यालय सहयोगी र शहरी स्वास्थ्य केन्द्र तथा गेटा स्वास्थ्य चौकीका लागि ३ जना स्वीपर माग गरेको हो । आवेदन दिने अन्तिम मिति यही साउन २८ गते सम्म रहेको नगरपालिकाले जनाएको छ ।