कैलाली - गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायतले आफनो जन्मदिनको अबसरमा स्टेस्नरी र खाध्यान्न सहयोग गरेकी छन् । उनले आज गोदावरी २ मा रहेको सुदूरपश्चिमको एक माञ सुप समाबेशी आधारभूत बिधालयमा आवासिय रुपमा अध्यनरत बिधार्थीहरुका लागि स्टेसनरी सामगीहरु सहयोग गरेकी हुन् ।
उनले कापी किताब , कलम , कटर मेटर , ब्याटम्यान्टन , लुडो , क्यारेमबोर्ड , फुटबल , भलिबल , क्रिकेट ब्याट बल लगाएतका गरी १८ हजार बराबरको शैक्षिक तथा स्टेसरनरी सामाग्रीहरु र नगद रु २ हजार बिधालयकी प्रध्यानाध्यापक देवी साउँदलाई सहयोग गरेकी हुन् । यस्तै उनले गोदावरी नगरपालिकाको वडा नं २ मा रहेका आर्थिक रुपमा बिपन्न राम भट्टको परिवारलाई खाध्यान्न सहयोग गरेकी छन् ।
उनले थोरै भएपनि राहत होस भनेर भट्टको परिवारलाई एक कठ्ठा चाम , दाल, नुन, तेल सहित नगद सहयोग गरेकी हुन् । साथै उनले भट्ट परिवारलाई नगद रु १ हजार पनि प्रदान गरेकी हुन् । सहयोग हस्तान्तणपछि छोटो प्रतिकृया दिदै उनले जन्मदिनमा फजुर्ज खर्च गनुभन्दा आफुले प्रत्येक बर्षमा यसरी नै आर्थिक रुपमा बिपन्न गरिब, दुखी परिवार र अत्तरिया क्षेत्रमा रहेका अनाथ, असहाय , अपाड्ता भएका बालबालिकाहरुको संरक्षण गर्दै आएका संघ संस्थाहरुलाई थोरै भएपनि सहयोग गरेर जन्मदिन मनाउदै आएको बताइन् ।
उनले पिडा रहेका विपन्न गरिब परिवार र अनाथ , असहाय , अपाड्गता भएका बालबालिकाहरुलाईको रेखदेख गर्दै पालनपोषण गरिरहेकाहरुलाई थोरै भएपनि केही दिनका लागि राहत हुन्छ भन्ने उध्ेश्यका साथ आफुले पनि जन्मदिनमा सानो सहयोग गरेको बताइन् । उनले सबैले आफ्नो जन्मदिनमा अनआवश्यक रुपमा फजुर्ल खर्च गर्नुभन्दा थोरै भएपनि यस्ता ब्यक्ति र संघसंस्थाहरुलाई सहयोग गर्दा धेरै राहात हुने हुदा सबैलाई सहयोग गर्न अपिल समेत गरेकी छन् ।
गोदावरी नगरपालिकाकी न्यायिक समितिकी संयोजक समेत रहेकी उप प्रमुख कडायतले सुप समावेशी बिधालयलाई सुदूरपश्चिमकै मात्र नभएर पुरै देशको नमुना बिधालय लाग्नुपर्ने बताइन् । उनले यसका लागि आफुले ब्यक्तिगत रुपमा र नगरपालिकाका तर्फवाट पनि सहयोग गर्दै आएको बताइन् ।
उनले आफ्नो जन्मदिनलाई अझै बिषेश बनाइदिने बिधालय परिवारलाई धन्यवाद समेत दिएकी छन् । कार्यक्रमको संचालन बिधालयका संस्थापक मान बहादुर साउँदले गरेका थिए ।

बिधालय परिसरमा फलफुलका बिरुवा रोपियो
उप प्रमुख कडायतले जन्मदिनको अबसर पारेर सु.प समाबेशी बिधालय परिसरमा फलफुल बिरुवा समेत रोपेकी छन् ।
उनले बिधालयमा अध्ययनरत बिधार्थीहरुका लागि भने भबिष्यमा ताजा र स्वच्छ फलफुल खान सक्ने गरी उनले बिधालय परिसरमा आप र लिचिका बिरुवाहरु रोपेकी हुन् ।
उनले यस्ता खाले बोट बिरुवाहरुले बिधालय परिसरमा हरियाली बनाउनका साथै प्रदुषणमुक्त गरी स्वाच्छ हावा प्राप्त हुने बताइन् ।