अत्तरिया - कैलालीको अत्तरियामा रहेको साना किसान सहकारी संस्था लिमिटेड मालाखेतीको शाखा कार्यालयको उद्धघाटन गरिएको छ । तिन वटा वडाका शेयर सदस्यहरुको सहजताका लागि गोदावरी नगरपालिकाको वडा न ११ ओलानीमा स्थापना गरिएको शाखा कार्यालयको आज एक कार्यक्रमका बिच उद्धघाटन गरिएको हो ।
उक्त शाखा कार्यालयको गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायतले उद्धघाटन गरेकी हुन् । एक सय रुपैया बचत गर्नका लागि दुई सय रुपैया खर्च गरेर अत्तरिया सम्म पुग्नुपर्ने शेयर सदस्यहरुको बाध्यतालाई अन्त्य गर्नका लागि आफुहरुले स्थानियहरुको घर दैलोमा सेवा दिने उध्ेश्यका साथ ओलानीमा शाखा कार्यालय स्थापना गरेको साना किसान सहकारी संस्था मालाखेतीका मुख्य प्रबन्धक गोरख खत्रीले जानकारी दिए ।
वडा नं १० , ११ र १२ का स्थानियहरुले आफ्रनै गाउँघरमा सेवा पाउन भन्नका लागि सबैको पाइन पर्ने स्थानमा शाखा कार्यालय स्थापना गरीएको उनले बताए । उक्त शाखा कार्यालय अन्र्तगत तीन वटै वडाका हाल १०६ वटा समुहमा ६ सय १५ जना सदस्य रहेका छन् ।
साना किसान सहकारी संस्था लिमिटेड मालाखेतीले बित्तिय पहुच भन्दा बाहिर रहेका साना साना किसानहरु , गरिब , बिपन्न बर्गका समुदायमा रहेका महिलाहरुलाई विकास तथा सिपविकासमा टेवा पुञ्याउदै आएको छ ।
संस्थाका अध्यक्ष तेजराज अबस्थीको सभापतित्वमा सुरु भएको शाखा कार्यालयको उद्धघाटन कार्यक्रममा उप प्रमुख रत्ना कडायत प्रमुख अतिथी रहेकी थिइन् भने बिशिष्ट अतिथीमा साना किसान बैंकका प्रमुख रामजनक चौधरी रहेको थिए ।
यस्तै कार्याक्रममा वडा नं १० का वडा अध्यक्ष रविन्द्र शाही , वडा नं ११ का अध्यक्ष शिव बि.क र वडा नं १२ का अध्यक्ष भिम बहादुर खड्का अतिथी रहेका थिए । मुख्य प्रबन्धक खत्रीले संस्थाको प्रगति विवरण सार्वजनिक रहेका थिए भने कार्यक्रमको संचालन प्रताभ भट्टराईले गरेका थिए ।