अत्तरिया - नेपालका चर्चित हास्य कलाकार मध्येका एक हुन् 'बल्छी धुर्वे'। उनलाई नचिन्ने सायद कमै होलान ।
उनको वास्तविक नाम मरिचमान श्रेष्ठ हो । पुराना हस्या टेलिश्रङ्खलाहरु ‘मेरी बास्सै’, ‘जिरे खुर्सानी’, ‘तितो सत्य’ मा हसाउदै उनले धेरै नेपालीको मन जित्न सफल भएका थिए । हाल उनलाई हल्का रमाईलो र जुठेमा मुख्य पात्रका रुपमा देख्न सकिन्छ ।
मान्छेहरुलाई सजिलै संग हसाउन सक्ने क्षमता भएका मरिचमान श्रेष्ठ बल्छी धुर्वेले अब हास्य कलाकार मात्र नभएर एक कुशल गायक र मोडलका रुपमा समेत उदय भएका छन् । पछिल्लो समय उनले आफ्नै स्वारमा एउटा तिजको गित गायका छन् ।
गित गाउने मात्रै होइन उनले सोही गितमा गज्जबको अभिनय समेत गरेका छन् । जुन गित यति बेला बजारमा निकै चर्चा बटुलिरहेको छ । उनले गायको तीज गीत ‘पारीवन हरियो’ सार्वजनिक भएलगत्तै उनको स्वार र अभिनयलाई देश बिदेशवाट धेरै दर्शक , श्रोताहरुले मन पराइरहेका छन् । उक्त गीतमा उनलाई गायिका सपना घिमिरे (पौडेल) ले स्वरमा साथ दिएका छिन् । सपना निकै रुचाइएका अर्का हास्य कलाकार राजु पौडलकी श्रीमती हुन् ।
गीतमा शब्द, संगीत पनि गायिका पौडेलको छ । सो गीतमा किस्मत भान्जाको साउण्ड मिक्सिङ छ भने सुदिप सागरको एरेन्ज रहेको छ । सौरभ लामाको छायाङ्कन रहेको गीतको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।
मास्टर टिभी युट्युब च्यानलवाट सार्वजनिक गरिएको उक्त गीतलाई साढे ११लाख बढीले हेरिसकेका छन् । भिडियोमा ‘बल्छी धुर्बे’ संगै राजु पौडेल मास्टर , दीपेन्द्र तिमिल्सीना, सपना पौडेल, अनिता बस्नेत, सविना आचार्य लगायतले अभिनय गरेका छन् ।
छोटो समयमै धेरै दर्शक श्रोतको माया पाएपछि बल्छी धुर्बे निकै खुसी छन् ।
उनले आगामी दिनहरुमा पनि गायन क्षेत्रलाई निरन्तरता दिदै जाने र दशै अघि दुईवटा गितहरु बजारमा ल्याउने तयारीमा रहेको बताएका छन् ।
भिडियो हेर्नुस.....