अत्तरिया - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएइको आसन्न अधिवेशनमा राजेन्द्र रोस्याराले उपाध्यक्ष पदका लागि उम्मेद्बारी दिने भएका छन् ।
आगामी जुलाई ३० मा हुन लागेको अधिवेशनमा नेतृत्वको लागि उनले उपाध्याक्ष पदमा रोस्याराले उम्मेद्बारी दिने भएका हुन् । वैदेशिक रोजगारीको सिलसिलामा १३ वर्ष अघि कैलालीको धनगढीबाट युएई पुगेका रोस्यारा राक क्षेत्रमा रेस्टुरेन्टको क्षेत्रमा लगानी गरेर व्यावसायि गरिरहेका छन् ।
उनी युएईका आम नेपालीमा नयाँ जस्ता देखिए पनि हरेक सामाजिक, साँस्कृतिक, राजनीति व्याक्तित्वको नजरमा जिम्मेवार र कर्तव्यनिष्ठ रहेका छन् । उनले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।
सन् २०१३ देखि २०१७ सम्म दुई कार्यकाल एनआरएनए राक क्षेत्रको अध्यक्षको जिम्मेवार सम्मलेर उत्तरी इमिरेट्समा एनआरएनएको साख जोगाउने मध्येका एक दरिला स्तभ हुन् रास्योरा । यति मात्रै नभएर उनी विभिन्न संस्थाहरुमा सल्लाहकारका रूपमा विगतदेखि हालसम्म पनि कार्यरत छन् ।
रोस्यारा आवद्ध संस्थाहरुमा इनास राक, सुदुर पश्चिम सेवा समाज, नेपाली समाज राक, जनप्रगतिशील मञ्च राक, एनआरएनए राक, नेप्लिज एसोसिएसन राक क्षेत्रमा सल्लाहकार भएर आफ्नो सम्लग्नता जनाइसकेका छन् ।
पुराना एनआरएनकर्मीको साथ र सहयोग भएका कारण आफ्नो जीत सुनिश्चित भएको रोस्याराको दाबी रहेको छ ।