अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले सोमबार आफ्नो जन्म दिन एक विपन्न परिवारलाई खाध्यन्न र स्टेस्नरी सामागी्हरु सहयोग गरी मनाएकी छन् । उप प्रमुख कडायतले गोदावरी नगपालिका वडा नं १२ ओलानीमा बस्दै आएकी अति विपन्न जगुदेवी पार्कीको परिवारलाई जन्म दिनको अबसरमा खाध्यन्न र स्टेस्नरी सामग्रीहरु सहयोग गरेकी हुन् ।
पुरा परिवारको घर खर्च चलाउदै आएका जगुदेवी पार्कीका श्रीमान् जेल चलान भएपछि पार्कीको परिवार विचल्लीमा परेको छ । उपप्रमुख कडायतले चामल , दाल , पिठो , नुन लगाएतका खाध्यन्नहरु र बालबालिकाहरुका लागि आवश्यक पर्ने कपी , कलमहरु जगुदेवी पार्कीलाई हस्तान्तरण गरेकी हुन् । विचल्लीमा परेको पार्कीको परिवारको अबस्था देखेर थोरै भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको उपप्रमुख कडायतले बताइन् ।
“पछिल्लो समय जन्म दिन मनाउने परिपार्टी बेग्लै छ , ठुला ठुला होटलमा गएर पार्टी दिने , अनआवश्यक खर्च गरिन्छ” उनले भनिन् –“तर यस्ता गरिब , विपन्न घर परिवार जसले साझ बिहान के खाने भनेर सोच्नुपर्ने बाध्यता रहेको छ । तर हामी सबैले अनआवश्यक खर्च गर्नुभन्दा यस्तो परिवारलाई थोरै भएपनि सहयोग गरौ । ” उनले आफु पनि गरिब घर परिवारवाटै हुर्केको हुदा सबैका पिडा र समस्यलाई नजिकवाट बुझेको बताइन् ।
साझ बिहान के खाने भन्ने चिन्ताले सताइरहेका बेला उप प्रमुखले खाध्यन्न र स्टेस्नरी सामाग्रीहरु दिएपछि धेरै राहात मिलेको जगुदेवी पाकीले बताइन् । सानो कच्ची घर , बिजुलीबत्ती नभएको , ४ जना स साना छोरीहरु मात्रै रहेको बताउदै उनले अहिले दैनिक मजदुरी गरेर परिवार पाल्दै आएको बताइन् ।
उनले घरमा बत्ती नहुदा अन्धकारमा बस्न बाध्य रहेकाले यसका लागि पनि सहयोग गरिदिन आग्रह गरेकी छन् । यस्तै जन्म दिनको अबसरमा उपप्रमुख कडायतले अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसका आवाशिय रुपमा बस्दै आएका बालबालिका र महिलाहरुलाई खाजा समेत खुवाएकी थिइन् ।
भिडियोमा हेर्नुस...