अत्तरिया -कैलालीको गोदावरी बुढेतोला खानीडाँडामा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । आज भोली दैनिक यँहा आउनेको सँख्या दैनिक बढिरहेको छ् । लामो समयको निषेधाज्ञा केही खुकुलो भए सँगै कैलाली र कन्चनपुरबाट आन्तरिक पर्यटकहरु यँहा घुम्न आउने गरेका छन । तराईका जिल्लाको चर्को गर्मी छल्नेहरुको भिड नै लाग्ने गरेको छ । स्कुलहरु बन्द भएकाले युबा युबतीहरु बढि सँख्यामा यँहा घुम्न आउन थालेका छन् ।
आन्तरिक पर्यटकहरुले गोदावरी -खानीडाँडा हुँदै जोरायल गाउँपालिकाको बुंडरको झरना सम्म जाने रुट नै बनाउन थालेका छन् । गोदावरीको पुलमा दैनिक फोटो खिच्ने टिकटक बनाउनेको भिड नै हुने गरेको छ । गोदावरीमा रहेको पुरानो पुल पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको छ । तर पर्यटकलाई थप भित्र्याउन उक्त क्षेत्रमा गोदावरी नगरपालिकाले खासै ठोस कार्य गर्न सकेको छैन । केही समय अघि 3 DVL Creation संस्थाले उक्त पुलमा नेपालका झन्डाहरु राखेपछि यँहा आउने पर्यटकको सँख्यामा ब्रीद्धी भएको थियो । तर अहिले ति झन्डाहरु पनि पुराना भएका छन् ।
यस्तै खानीडाँडाका होटेलहरु पर्यटकले भरिभराउ भएका छन् । यँहा रहेको बिरेन्द्र होटेलका सन्चालक बिरेन्द्र सापकोटाले अहिले यँहा आउने पर्यटकको सँख्या बढेको बताए । उनका अनुसार कोरोनाको कारण भारतबाट आउने पर्यटकको सँख्या भने घटेको छ । अहिले नेपाली पर्यटक दैनिक धेरै नै आउंछन ,जसका कारण होटेलको ब्यबसाय पनि राम्रो हुँदै आएको छ ,' उनले भने ,' तर यँहा आउने पर्यटकलाई होल्ड गरेर केही दिन राख्न गार्हो छ, तराइमा गर्मी भएपछि माथि आउंछन । तर यँहा हेर्ने मिल्ने पर्यटकिय पूर्वधार केही पनि छैन ।'
चुरेको कम्पासे डाँडामा र बुढेतोलामा भ्यु टावर निर्माण कै चरणमा रहेका छन् । भ्यु टावर बनेपछि उक्त क्षेत्रमा अझै धेरै पर्यटक आउन सक्ने स्थानियको विश्वास रहेको छ । खानीडाँडामा अझै पनि ठुला होटेलहरुको निर्माण हुन सकेका छैनन् । स्थानिय सरकारले लगानी बढाउने गरी योजना बनाउनु पर्नेमा स्थानिय ब्यबसायीहरुको जोड रहेको छ ।
मौसम अनुकुल
कैलाली कन्चनपुर गर्मी बढेपछि स्थानियहरु गर्मी छल्न चुरे तर्फ जाने गर्दछन् । अहिले तराईमा दैनिक ३९ /४० डिग्री तापक्रम हुने गरेको छ । तर अत्तरियाबाट १५ किलोमिटरको दुरीमा रहेको बुढेतोला खानीडाँडामा भने छिन छिनमा पानी पर्ने गरेको छ । यँहाको मौसम दिनभर चिसो रह्ने गरेको छ । तराइमा गर्मी धेरै भएपछि स्थानियहरु यँहा आएर दिनभर बिताउने र साँझ तराइमा झर्ने गरेका छन् ।
बुँडरको छहरा झरना पर्यटकको रोजाई
कैलालीको अत्तरियाबाट करिब तीनरचार घण्टाको गाडी यात्रामा पुगिने यो झरनामा प्रायः कैलाली र कञ्चनपुरका नागरिक बढी आउने गरेका छन् । कतिपय युवा समूह नै बनाएर यो झरनाको अवलोकन गर्न पुग्ने तथा एक दुई दिन त्यही बसेर रमाइलो गरी फर्किने गरेको बताइएको छ ।
पर्यटक आउने तथा एक दुई दिन यँहा बस्ने गरेका कारण अहिले बुडर, गैरा, धारापानीलगायत क्षेत्रमा रहेका होटेल व्यवसाय पनि राम्रै फस्टाउँदै गएको होटेल व्यवसायी विजय गाहामगरले बताए । उनले भने, “कोरोनाले यहाँका होटेल सुनसान थिए, छहरा झरना अवलोकन तथा भ्रमणका लागि आउने पर्यटकका कारण अहिले यहाँका होटेल व्यवसाय फस्टाएको छ ।”
उक्त क्षेत्रमा पछिल्लो समय छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिले प्याराग्लाइडिङ, छहरा झरनामा पर्यटकका लागि क्यानोइङको व्यवस्था गरिएपछि पर्यटक दिनहुँ बढ्न थालेका हुन् ।