अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ को नवनिर्मित भवनको उद्घाटन गरिएको छ । एक औपचरिक कार्यक्रमका बिच नगर प्रमुख हरि सिंह साउँद उपप्रमुख रत्ना कडायतले वडाकार्यालय भवनको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रमै बोल्दै नगरप्रमुख साउदले वडा कार्यालय आजबाट सञ्चालन भएकाले जनताका सेवा र सुविधाका निम्ति वडा कार्यालयबाट छिटोछरितो गर्नेका लागि सुबिधा सम्पन्न भवनको निर्माण गरेको बताए ।
उनले जनप्रतिनिधिलाई जनताको काममा विशेष ध्यान दिन समेत आग्रह गरे । संरचनाअनुसार सबै सेवा घर आँगनबाटै प्रदान गरिने भएकाले आफ्नो सेवालाई प्रभावकारी बनाउन वडामा कार्यरित कर्मचारीले ध्यान दिनु जरुरी रहेकोे बताए ।
यसैगरी कार्यक्रममा बोल्दै उपप्रमुख रत्ना कडायतले नगरमा दुईवटा वडा कार्यालयको भवन निर्माण सम्पन्न भई सकेकोे र बाँकि रहेका वडाहरुमा पनि चाडै वडा कार्यालयका भवनहरु बन्ने बताईन् । सबै एकजुट भएर अगाढी बढ्यौ भने नगरमा हरेक बिकास निर्माणका कार्यहरु गर्न सहज हुने उनले बताईन् ।
भवन निर्माणका लागि २०७५ फागुनमा सम्झौता भएको थियो भने २०७७ फागुनमा सम्पन्न गरेको भवन निर्माणमा ९२ लाख ५८ हजार लागत लागेको वडा अध्यक्ष लहानु चौधरीले बताए । वडा कार्यालयको भवन निर्माणका लागि महिला विकास समुह शिशु स्याहार केन्द्रले जग्गा उपलब्ध गराएको थियो ।
वडा नम्बर ९ का वडा अध्यक्ष लहानु चौधरीको सभापतित्वमा भएको कार्यक्रममा नगरप्रमुख हरि सिंह साउँद प्रमुख अतिथी रहेका थिए ।
त्यस्तै कार्यक्रममा नगर उपप्रमुख रत्ना कडायत बिशिष्ट अतिथी रहेकी थिईन् । कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष कृष्णराज जोशी, वडा नम्बर ८ का वडाध्यक्ष नरशे बहादुर अधिकारी, नगरप्रमुखका स्वकिय सचिव योगेन्द्र सिह र वडाका जनप्रतिनिधी, संघसंस्थाका पदाअधिकारीहरुको उपस्थीती रहेको थियो ।
वडासदस्य होलुराम डगौराको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन उद्धबराज भट्टराईले गरेका थिए ।