अत्तरिया - विदेशमा रहेका युवाहरुबाट संकलित रकमबाट अत्तरियामा रहेको महिला तथा वालबालिका सेभहाउसलाई सहयोग गरिएको छ ।
कैलालीको गोदावरी नगरपालिका – ४ बास्कोटा निवासी सामाजसेवी डिबी मल्लको पहल र हाल कोरीयामा रहेका जोरायल गाउँपालिका – ३ सेगुनिका हर्क बहादुर मल्लको संयोजकत्वमा विदेशमा रहेका ११ जना युवाहरुले संकलन गरेको रकमबाट सेभ हाउसलाई सहयोग गरिएको हो ।
जस अन्तरगत चामल , दाल , तेल सोडा साबुन नुन र स्टेसनरीका सामान वितरण गरिएको थियो । उक्त सामग्री महिला तथा वालबालिका सेभहासलाई सहयोग गर्न समन्वय गरेका विनोद मल्लले १५ हजार दुईसय रकम बराबरको सामग्री सहयोग गरिएको बताए ।
उक्त सहयोग सामग्री एक औपचारीक कार्यक्रमका बिच गोदावरी नगरपालिका – २ का वडा सदस्य कमल कडायत, हाम्रो गोदावरी हाम्रो अभियानका संयोजक प्रमोद अधिकारीले सेभहाउस कि अध्यक्ष जानकि मलासि लाई हस्तान्तरण गरेका थिए ।
सोहि क्रममा आज विदेशमा रहेका युवा गणेश मल्ल गोदावरी ४ बास्कोटा हाल बहराइन , भरत वोहरा धनगढी हाल साउदी , मिलन कलेल मसुरिया हाल साउदी , सोमु मोक्तान काठमाडौं , कोरिया बाट रमेस थापा बर्दिया सुदिप राई खोटाङ कृष्ण कठरिया टिकापुर , हेमराज भट्ट झलारि कन्चनपुर , सेन वोहरा अत्तरिया , हर्कबहादुर मल्ल जोरायल ३ सेगुनि डोटीका यूवाहरुले कम्पनीमा ओभरटाई काम गरि समाज सेवाकोलागि रकम छुट्यायर सहयोग गरेकाहुन ।
कोरोना माहामारीमा पनि मालाखेति अस्पताल मा अक्सिजन सिलिन्डर सुप समाबेसी विध्यालयमा समेतरासन र स्टेसनरी समानहरु सहयोग गरेकाथिए । महिला तथा बालबालिका सेभहासमा ५४जना अनाथ बालबालिका महिलाहरु रहेकाछन । महिला तथा बालबालिका सेभहासका सम्पुर्ण महिला तथा अनाथ बालबालिकाहरुले सहयोगी हरुमा हार्दिक धन्यावाद ज्ञापन गरेका थिए ।