दार्चुला - जिल्लामा छ महिना देखि ५९ महिना सम्मका पाँच हजार बढी बालबालिकामा कुपोषणको समस्या देखिएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार १ हजार ३ सय २९ बालबालिकामा कडा कुपोषण र ३ हजार ८सय ७६ बालबालिकामा मध्यमखालको कुपोषणको समस्या देखिएको हो ।ग्रामीण भेगमा बसोबास गर्ने बालबालिका गरिबीका कारण आवश्यक पोषण युक्त खाना खान पाउदैनन् ।
शहरी क्षेत्रका बालबालिका भने सन्तुलन मिलाएर खाना नखाएका कारण कुपोषणको शिकार भएको स्वास्थ्यकर्मीको भनाई छ । स्वास्थ्य कार्यालय दार्चुलाले जिल्लाका बालबालिकामा भएको कुपोषण हटाउनका लागि जिल्ला अस्पताल दार्चुला सहित जिल्लाका अन्य करीब एक दर्जन विभिन्न स्वास्थ्य चौकी तथा स्वास्थ्य संस्थाहरुमा जेड स्कोर विशेष कार्यक्रम सञ्चालन गरेको छ ।
महिनादेखि ५९ महिना उमेर समूहका ५ हजार २ सय ५ जना बालबालिकाहरु कुपोषणको समस्या देखिएको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो ।स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाको महाकाली नगरपालिकामा छ महिनादेखि ५९ महिना उमेर समूहका जम्मा १ हजार ७ सय १४ जना बालबालिका मध्ये १७५ जना बालबालिकाहरुमा कडा कुपोषण तथा ५०९ जना बालबालिकामा मध्यम कुपोषणगरी नगरपालिका भित्र ६ सय ८४ जना बालबालिकाहरुमा कुपोषण देखिएको छ ।
यस्तै शैल्यशिखर नगरपालिकामा २ हजार १ सय २० जना बालबालिका मध्ये २१६ जना बालबालिकाहरुमा कडा कुपोषण तथा ६३० जना बालबालिकाहरुमा मध्यम कुपोषण देखिएको छ । अपि हिमाल गाउँपालिकामा जम्मा ६८० जना बालबालिका मध्ये ६९ जनामा कडाखालको कुपोषण रहेको पाइएको छ भने २०२ जनामा मध्यम खालको कुपोषण रहेको छ ।
मार्मा गाउँपालिकामा १ हजार ७ सय २९ जना बालबालिका मध्ये १७६ जनामा कडा कुपोषण रहेको छ भने ५१४ जना बालबालिकाहरुमा मध्यम खालको कुपोषण रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।यस्तै नौगाड गाउँपालिकामा २ हजार ५२ जना बालबालिका मध्ये २०९ जना बालबालिका कडा कुपोाषण रहेको पाइएको छ ६०९ जना मध्यम खालको कुपोषण रहेको पाइएको छ ।
स्वास्थ्य कार्यालय दार्चुलाले दिएको जानकारी अनुसार मालिकार्जुन गाउँपालिकामा १ हजार ४सय ४१ जना बालबालिका मध्ये १४३ जना बालबालिकाहरुमा कडाखालको कुपोषण रहेको पाइएको छ भने ४२८ जना बालबालिकाहरुमा मध्यमखालको कुपोषण रहेको पाइएको छ । लेकम गाउँपालिमा १ हजार ४सय ९ जना बालबालिका मध्ये १४३ जना बालबालिका कडा खालको कुपोषण छ भने ४१९ जना बालबालिकाहरुमा मध्यम खालको कुपोषण रहेको छ ।
दुहुँ गाउँपालिकामा जम्मा १ हजार जना बालबालिका मध्ये १०२ जना बालबालिकामा कडा खालको कुपोषण रहेको पाइएको २९७ जना बालबालिकामा मध्यमखालको कुपोषण रहेको छ । व्यासँ गाउँपालिकामा जम्मा ९०३ जना बालबालिका मध्ये ९२ जना बालबालिकामा कडाखालको कुपोषण रहेको छ भने २६८ जना बालबालिकामा मध्यम खालको कुपोषण रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
कुपोषण देखिएका मध्ये अहिलेसम्म ४८ जना बालबालिकाको उपचार भइरहेको छ । महाकाली नगरपालिकाका ५ जना कडा कुपोषणका बालबालिकाहरु उपचारमा रहेका छन भने ९ जना मध्यम खालका बालबालिकाहरु पनि उपचारमा छन् । यस्तै शैल्यशिखर नगरपालिकाका ४ जना कडा कुपोषणका बालबालिकाहरु उपचारमा छन ।नौगाड गाउँपालिकाका १६ जना बालबालिकाहरु उपचारमा रहेका छन ।
मालिकार्जुनका १ जना दुहुँ गाउँपालिकाका २ जना कडा कुपोषण तथा १० जना मध्यम खालको कुपोषणका बालबालिकाहरु रहेका छन ।व्यासँ गाउँपालिकाका १ जना बालबालिका उपचार भइरहेको छ । यस्तै जिल्लाभरी ३ प्रतिशत बालबालिकाहरुको जेड स्कोर निकाल्ने काम सकिएको जनस्वास्थ्य अधिकृत भट्टले जानकारी दिनुभयो ।
अहिले स्वास्थ्यकर्मी गाउँ गाउँ परिचालन गरिएका छन् । उनीहरुलाई प्रोत्साहन गर्दै बालबालिकाको कुपोषणको अवस्था र जेड स्कोर निकाल्ने काम भइरहेको छ ।