बाजुरा- जिल्लको बडिमालिका नगरपालिका वडा न.७ बस्ने ४४ बर्षिय बादुरे दमाई आर्थिक अभाबका कारण अस्पतालको शैयामा छट्पटाइरहेका छन् ।आर्थिक गरिवीका कारण दमाई जिल्ला अस्पताल बाजुरामा ३ महिना देखी तड्पिरहेका छन् ।दाँया खुट्टाको पैतलामा रहेको घाँउ सञ्चो हुन सकेको छैन् ।
जिल्ला अस्पताल बाजुरामा कार्यरत डा. दुर्गाराज मर्हजनका अनुसार उनको घाउमा मासु काटेर राख्नु पर्ने र अन्य चेक जाँच गर्नु पर्ने भएकाले सुबिधा सम्पन्न अस्पतालमा लिनु पर्ने वताए । तिन महिना सम्म उपचार गरयौ, तर उनको घाउ ठिक नभएको महर्जनले बताए ।बाजुरा अस्पतालमा सञ्चो नभएपछि उनि अब घर जाने शुरुमा छन् ।
अस्पतालको शैयामा रुंदै भने बाहिर जान पैशा छैन अब घरमा गएर मर्नु भन्दा अर्को बिकल्प नभएको उनले वताए । उनको बायाँ खुट्टा ५ बर्ष पहिला चोटका कारणले काटिएको छ ।
अपांग जिवन बिताइरहेका बादुरे दायाँ खुट्टामा पनि संक्रमण भएपछि उनी झन समस्या परेका छन् । स्वास्थ्यकर्मीले नेपालगञ्ज काठमाडौ जान सुझाब दिएको छ, तर एक पैंसा पनि नभएकोले सहयोग गर्न समेत आग्रह गरेका छन् ।बादुरे कि श्रीमति कलु दमाईले भनिन् घर पनि अर्काको जग्गा छ, सम्पत्तिको नाममा एक आना जग्गा पनि छैन ।
पहिलो सबैलाइ गुहार गरेर उपचार गरे, अहिले भने उपचार गर्न नसक्ने उनले वताईन् । माथिल्लो जातिका लुगा सिलाएर परिवार पाल्दै आएका बादुरे तिन महिना देखी थलिएपछि उनका ६ जना परिवार संकटमा परेका छन् ।
बादुरेको उपचारका लागि बडिमालिका नगरपालिकामा पहल गरेको भएपनि उपचार भने हुन सकेको छैन । धेरै लाई उपचार सहयोगका लागि पहल गरेको भएपनि कसैले सहयोग नगरेको कलुले वताईन् । उनका परिवार गाँउमा माथिल्लो जातिको खलिया काम गर्दै आएका छन् ।