अत्तरिया - कैलालीको अत्तरिया देखी ओलानी सम्मको भाडादर कायम गरिएको छ । अत्तरिया बजार देखी गोदावरी नगरपालिकाको वडा नं ११ र १२ का बिभिन्न ठाउँ सम्म संचालन हुदै आएका सवारी साधनहरुले मनोमानी रुपमा भाडा अशुल्न थालेको गुनासो आएपछि आजवाट नयाँ भाडादर कायम गरिएको हो ।
स्थानिय समाजसेवी युवा देव नेपालीका अनुसार आज ओलानीमा बसेको दुवै वडाका जनप्रतिनिधि , स्थानिय प्रहरी प्रशासन , समाजसेवी र यातायात ब्यावसायी र चालकहरुको भेलाले सवारी साधनहरुले मनोमानी रुपमा भाडा अशुल्न थालेको गुनासोलाई मध्यनजर गर्दै सबैलाई पायक पर्ने गरि नयाँ भाडादर तोकेको हो ।
जसअनुसार अत्तरिया देखि मालाखेती सम्मको १० रुपैयाँ , अत्तरिया देखि खमौरा सम्मको २५ रुपैयाँ , अत्तरिया देखि चाक्लेखोला सम्मको ३५ रुपैयाँ , अत्तरिया देखि बाँङ्गेसाल सम्मको ४५ रुपैयाँ, अत्तरिया देखि गौडी सम्मको ५० रुपैयाँ तोकिएको छ ।
यसैगरि अत्तरिया देखि कृष्ण मन्दिर ६० रुपैयाँ , अत्तरिया देखि रेगुलेटर ७० रुपैया , अत्तरिया देखि बान्दे्रखाल सम्मको ८० रुपैयाँ र अत्तरिया देखि सबैभन्दा लामो दुरीमा पर्ने कोल्मुडा सम्मको भाडा ९० रुपैयाँ तोकिएको छ ।
उक्त भेलाले अटो सिक्साहरुले पनि सो भाडामा १० रुपैयाँ थप गरेर मात्रै लिन पाउने निर्णय गरेको स्थानिय युवा नेपालीले बताए । आजवाट तोकिएको नयाँ भाडादर अत्तरिया ओलानीको बाटोमा चल्ने सबै सवारी साधनमा टासिएको उनले बताए ।
अब सानो देखी ठूला सबै सवारी साधनहरुले तोकियकै दरमा भाडा उठाउनुपर्ने छ । यदी बढी लिएको पाइएमा कारबाही गरिने भनिएको छ ।