धनगढी - रोयल कोल्याबे्रटिक प्रालि धनगढीले धनगढीमा स्थापना भएको कपडा बैंक लाई धनगढी उपमहानगरपालिकाले पनि साथ दिएको छ । आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै रोयल कोल्याबे्रटिकले सो जानकारी दिएको हो ।
प्रयोगमा नआएका कपडाहरु त्यतिकै राखिराख्नु भन्दा दन गरिदिए आर्थिक अवस्था कमजोर भएका र आवश्यकता अनुसार लुगा किन्न नसक्नेहरुको काममा आउन सक्ने भएकोले आफुहरुले बैंकको अवधारण अनुसार कपडा संकलन र बितरण शुरु गरेको रोयल कोल्याबे्रटिकका अध्यक्ष गजेन्द्र शाहीले बताए ।
सो अभियानमा संकलन भएका लुगाहरु बितरण केन्द्र सम्म पु¥याउने काममा सहयोग गर्ने र कपडा संकलनका लागि दान पेटिका बनाएर सहयोग गर्दै उपमहानगरपालिकाले पनि साथ दिएको छ । आफुहरुले सञ्चालन गरेको बैकमा कपडा संगै स्कुल डे«स र जुत्ता पनि संकलन गर्न लागिएको अध्यक्ष शाहीले बताए । कार्यक्रम शुरु गरिएको एक हप्ता मात्रै भएको र यो अवधिमा ३ सय जोर लुगा संकलन भई बितरण भएको उनले जानकारी दिए ।
लुगा संकलनका लागि कैलाली बहुमुखी क्याम्पस, ऐश्वर्य विद्या निकेतन, ऐश्वर्य क्याम्पस, सिद्धार्थ शिशु सदन, कैलाली मोडेल स्कुल, नाष्ट कलेज, एसपिए कलेज, पद्मा नर्सिंङ क्याम्पस, एल एन चोक र चौराहामा कपडा संकलन केन्द्र राखिएको छ । पहिलो चरणमा स्टल राखेर कपडा बितरण भइरहेको र दोस्रो चरणमा सबै सरकारी विद्यालयहरुमा पुगेर बालबालकाहरुलाई लुगा बितरण गर्ने योजना रहेको अध्यक्ष शाहीले बताए ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले बताए । यो कपडा बै.कले संकलन गरेका कपडा अहिले सेती अस्पताल पसिर र निसर्ग अस्पताल अगाडिको चोकबाट बितररण भइरहेका छन् ।