कैलाली - जिल्लामा जारी निषेधाज्ञा फेरि लम्बाइएको छ । कोरोनाको दोस्रो लहर तिब्र गतिमा बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न गत बैशाख १६ गतेवाट जारी गरिएको निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन ११ गतेसम्मका लागि लम्बाइएको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीले कोरोनाको संक्रमण दर कम हुदै जादाँ बिस्तारै निषेधाज्ञा पनि खुकुलो बनाउदै लगेको छ ।
कोरोना संक्रमण दरमा केही कमी आएको भएपनि जोखिम भने अझै कायमै रहेकाले साउन ११ गते सम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्धारा जारी आदेशमा भनिएको छ ।
सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, पार्क, मनोरञ्जनस्थल, जिमखाना, पुस्तकालय, संग्राहालय, शिक्षणसस्था, समूहमा खेलीने दर्शक सहितका खेलकुद बाहेक अन्य व्यापार व्यवसायहरु विहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
सार्वजनिक सवारी साधन र नीजि सवारी साधनहरु भने यथावत रुपमा सञ्चालन हुनेछन् । अतिआवश्यक सवारी साधानहरु सरकरले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन हुने छन् ।
