अत्तरिया -कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा केन्द्रको मात्रै होइन, जिल्ला , क्षेत्र र नगरको नेतृत्वका लागि पनि कसरत सुरु भएको छ । जिल्ला–जिल्लामा अधिवेशनको सरगर्मी छाएको छ । स्थानिय काँग्रेसका अनुवा नेताहरु गाउँ गाउँमा केन्द्रित हुन थालेका छन् । कैलालीको क्षेत्र नम्बर ४ मा पनि महाधिवेशनको सरगर्मी बढेको छ । यँहाका नेता कार्यकर्ताहरुले आ -आफ्नो समुह बनाएर कृयाशिल सदस्यहरु सँग दैनिक जसो सम्पर्क बढाउन थालेका छन् ।
क्षेत्र नम्बर ४ र गोदावरी नगरपालिकामा देउबा समुह कै बाहुल्यता रहेको छ । तर देउबा समुह भित्रैकै स्थानिय नेताहरुमा भने एक ठाउँमा छैनन । गत महाधिवेशनको समीकरण पनि फेरिएको छ । गत महाधिवेशनमा क्षेत्र नम्बर ४ को क्षेत्रिय सभापतीमा दिनेश राज जोशीले सुरत कार्कीलाई पराजित गरेका थिए । तर यो पटक उनिहरु दुबै जना एकै समुहमा नै छन् ।
त्यस्तै गत महाधिवेशनमा उक्त समुहमा नरहेका पदम भट्ट (गेटा ) ,क्षेत्रिय उपसभापती खेम साउँद पनि अहिले सोही समुहमा सकृय छन् । सोही समुहमा महाधिवेशन प्रतिनिधी डा.लक्ष्मी राज पाठक पनि छन् । गोदावरी नगरकमिटीका सभापती हेमप्रकाश उप्रेती र नगर सचिब तेज बहादुर खडका पनि सोही समुहमा छन् ।
देउबा निकट अर्को समुहमा गत निर्बाचनमा संघिय सांसदमा पराजित सुनिल भन्डारी थपिएको चर्चा चलेको छ। गत बर्ष सम्म उनी यो खेमामा थिएनन् । उक्त खेमामा पूर्वमन्त्री दिर्घराज भाट ,बिरेन्द्र भट्ट ,उत्तम कठायत ,टिकादत्त जोशी रहेका छन् । महाधिवेशन सम्म गुट परिबर्तन गर्ने क्रम चलिरहने भएकाले दुबै समुह आ -आफ्नो समुहका नेताहरुलाई बचाई राख्ने दाउँमा छन् ।
वडाको महाधिवेशन पछि मात्रै क्षेत्र र नगरमा चुनाव लडनेहरुको नामको बारेमा छलफल हुने दुबै समुहका अगुवा नेताहरुले बताएका छन् । यदपी तोकिएकै मितीमा कांग्रेसको महाधिवेशन हुनेमा स्थानिय नेता कार्यकर्ताहरुले शंका गरेका छन् ।