अत्तरिया - कैलालीको अत्तरियामा रहेको गोदावरी चेम्बर अफ कमर्सको अध्यक्षमा तिर्थराज ओझा चयन भएका छन् । अत्तरिया स्थित एस क्याफेको हलमा सम्पन्न भएको गोदावरी चेम्बर अफ कमर्सको दोस्रो साधारणसभावाट ओझा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा तारा दत्त जोशी , उपाध्यक्ष उद्योग तर्फ राजु भट्टराई र उपाध्यक्ष बस्तुगत मोहमद नईमुदिन भाट चयन भएका छन् ।
यस्तै संस्थाको महासचिबमा चन्द्र बिष्ट , सचिब रमेश बि.क , कोषाध्यक्षमा शोभा रावल चयन भएका छन् । यस्तै सदस्यहरुमा जयबहादुर खडका , रबि भट्ट , भिम दत्त पाण्डे , दिपक पौडेल , लिलाधर जोशी , नवीन साउद , जनक भटराई चयन भएका छन् भने महिला चेम्बरको संयोजकमा धर्मी खडका र गोदावरी बजार प्रबन्धनमा संयोजकमा बाजि कामीलाई जिम्मेवारी दिइएको छ ।
२०७७ चैर महिना कार्यकाल सकिएको र २०७८ बैशाख १३ गते देखि १८ गते सम्म साधारण सभा गर्ने निर्णय गरिएको भएपनि कोरानाको कारण साधारण सभाका बिषयमा भर्जुअल मिटिङ मार्फत व्यापक छलफल गरि नयाँ नेतृत्व सहित टिम चएन गरिएको गोदावरी चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष बिनोद मल्लले जानकारी दिए ।
आजको कार्यक्रममा कोरोनावाट बच्न सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाई निश्चित सदस्यहरुको सहभागिता रहेको थियो ।
आफ्नो पहिलो कार्यकालमा के के गञ्र्यो गोदावरी चेम्बरले ?
अत्तरियामा सम्पूर्ण ब्यासायीहरुको साझाँ संस्था हो गोदावरी चेम्बर अफ कमर्स । २०७४ साल चैत्र १४ गते जिल्ला प्रशासनमा दर्ता भई स्थापना भएको गोदावरी चेम्बरले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्थरमा एतिहासिक कार्यक्रम गरी आफ्नो पहिलो कार्यकाल सम्पन्न गरेको छ ।
गोदावरी चेम्बरले एतिहासिक रुपमा द कर्णाली अन्डर फुल वन डे कार्यक्रम , प्रदेश नम्बर ५, ६, ७ को पर्यटकिय स्थल कुईने देखि चिसापानी सम्म साहासिक जलयात्रा कार्यक्रम १२ सय पर्यटक र ४ सय चलक सहित १०० र्याप्टिङ बोट सहित सम्पन्न गरेको थियो ।
समाज सेवामा विभिन्न संघसंस्थाको सहयोगमा समय समयमा स्वास्थ्य सिबिर आँखा सिबिरमा तिनहजार जनालाई सेवा प्रदान गरेको थियो । सम्बृध गोदावरी कार्यक्रम दोस्रो सस्करण सम्म पाच हजार बिधार्थी दुई सय व्यवसायीहरुमा प्रशिक्षण तथा अन्तरकृया सम्पन्न गरेको थियो ।
गोदावरी नगरपालिकाको पर्यटन, कृषि , उद्योग , व्यापारको विकास तथा संस्कृतिको प्रवर्द्धनका सथै यूवा स्वरजगार , महिला उधमि का सथै यस क्षेत्रका विकासका सम्भावनाहरुको उजागर गरि प्राकृतिक रुपले सुन्दर गोदावरी नगरपालिकालाई आर्थिक रुपमा कसरी समुन्नत नगरपालिका बनाउन सकिन्छ भन्ने किसिमले विभिन्न क्षेत्रका सफल व्यक्तिहरुसंग अन्तरकृया तथा प्रशिक्षण गराएको थियो ।
सञ्चार क्षेत्रबाट कान्तिपुर दैनिकका सुदूरपश्चिम व्यूरो प्रमुख चित्राङग थापा , नागरिक दैनिकका ब्यूरो प्रमुख दिल वहादुर छत्याल , वरिष्ठ पत्रकार घन बहादुर शाहा खेलकुद क्षेत्रबाट सुभास साहि व्यबसायी सुदूरपश्चिम विकसाका अभियन्ता गोपाल हमाल , कैलाली हाड्वयर संघका अध्यक्ष सुरेन्द्र राठि , सिक्षा क्षेत्रबाट डक्टर हेमराज पन्त , सुदुरपस्मिमको सम्भावना अबसर र चुनौति कार्यक्रमको लागि भौतिक योजना तथा आन्तरिक मामिला मन्त्री झपट बोहरा , प्रतिनिधिसभा सदस्य क्षेत्र न ४ कैलालिका माननीय लेखराज भट्ट , नेपाली कांग्रेसका कन्द्रिय सदस्य सुनिल कुमारी भन्डारी लगाएतका सफल व्यक्तिहरुसंग बहस तथा छलफल गरिएको थियो ।
यस्तै फिलिल्यान्डका माहमहिम राजदुत संग कृषि शिक्षा र पर्यटन सम्बन्धमा अन्तरकृया , म्नमार भुटान थाईल्यान्ड भारत का व्यापारी हरुसंग सुदुरपस्िमको पर्यटन व्यापार र कृषि र दुई देश बिच सांस्कृतिक आदान प्रदान , अमेरिकि गायिका आन्नासंंग सुदुरपश्चिमको कला संस्कृति बारे अन्तरकृया समेत गरिएको थियो ।
गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको लागि पहल, सेती जलबिधुत प्रयोजना , भारत चिन जोड्ने सुदुरपश्चिम नाकाका लागी प्रधानमन्त्री केपि शर्मा वली , बरिष्ट नेता माधब कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको थियो ।