दार्चुला - जनसांख्यिक स्वास्थ्य सर्वेक्षण्ले दार्चुलामा कुपोषित बालबालिकाको संख्या बढेको जनाएको छ । स्वास्थ्य सर्वेक्षणको तथ्यांकमा कुपोषितको अवस्था बढ्दै गएको देखिएको हो । सोमबार सार्वजनिक गरिएको २०१९को तथ्याङमा स्वास्थ्य सर्वेक्षणले जिल्लामा कुपोषित बालबालिकाको संख्या बढेको जनाएको छ ।
स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जय राज भट्टले सार्वजनिक गरेको तथ्याङमा पछिल्ला वर्षहरुमा जिल्लामा कुपोषित हुने बालबालिकाहरुको संख्या बृद्धि भएको जनाकारी दिएका हुन । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लामा हाल सम्म १३ सय ४८ जना बालबालिका मध्ये १३ सय २९ जना बालबालिकाहरु कुपोषित रहेको बताएका हुन ।
सोमबार दार्चुला जिल्लाका ५ वर्ष मुनिका सम्पुर्ण बालबालिका हरुको पोषणको लेखाजोखा गर्न उचाई अनुसार तौल स्कोर मापन अभियानमा दार्चुलाका जनस्वास्थ्य अधिकृत जय राज भट्टले पछिल्ला वर्षहरुमा जिल्लामा कुपोषित बालबालिकाको संख्या बढेको बताउनु भयो । उनका अनुसार जिल्लाको व्यासँ गाउँपालिकामा ९०३ जना बालबालिका मध्ये ९२ जना बालबालिका कुपोषित रहेको बताएका छन ।
भने जिल्लाको दुहुँ गाउँपालिकामा १हजार बालबालिका मध्ये १०२ जना बालबालिका कुपोषित रहेका छन । यस्तै जिल्लाको महाकाली नगरपालिकामा १ हजार ७ सय ७४ जना बालबालिका मध्ये १७५ जना नौगाड गाउँपालिकामा २ हजार ५२ जना मध्ये २०९ जना अपि हिमाल गाउँपालिकामा ६८० जना बालबालिका मध्ये ६९ जना बालबालिका कुपोषित रहेको तथ्याङ्क सार्वजनिक भएको हो ।
मार्मा गाउँपालिकामा १हजार ७सय २९ जना बालबालिका मध्ये १सय ७६ जना बालबालिका कुपोषित रहेका छन । शैल्यशिखर नगरपालिकामा २हजार १ सय २० जना बालबालिका मध्ये २१६ जना मालिकार्जुन गाउँपालिकामा १हजार ४सय ४१ जना मध्ये १४७ जना तथा लेकम गाउँपालिकामा १ हजार ४सय ९जना बालबालिका मध्ये १४३ जना बालबालिका कुपोषित रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
कार्यालयका अनुसार यो आर्थिक वर्षमा मात्रै ८ जना बालबालिका मात्रै कुपोषित रहेको जनाएको छ । ग्रामीण क्षेत्रका नागरिक बच्चाको खानपानमा ध्यान नर्पुयाउने, सानै उमेरमा बच्चा जन्माउने, गर्भवती हुँदा पोषिलो नखाने, सन्तुलित खानेकुरा आमा र बच्चालाई नखुवाउने, घरको भन्दा बजारको खानेकुरा बढी प्रयोगमा ल्याउने भएकाले बालबालिकाहरू कडा कुपोषणको जोखिममा परेका स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
गरिबी पनि यसको मुख्य कारण रहेको जिल्ला अस्पतालका प्रमुख डा. आर्दश लिम्बुले बताएका छन् । जिल्लाका बालबालिकामा कुपोषण बढेकोभन्दा पनि उपचारमा आउनेको संख्या बढेको स्वास्थ्य कार्यालय प्रमुख जयराज भट्टले बताउनु भयो ।
पहिले उपचारका ल्याउन नमान्ने गरेका अभिभावकहरू आजभोलि उपचारका लागि स्वास्थ्य संस्थामा ल्याउने भएकाले धेरै बालबालिका स्वास्थ्यको पहुँचमा पुगेका भन्दै उनले संख्या बढी देखिएको बताएका हुन ।