धनगढी- कैलालीमा जारी निषेधाज्ञा स्वरूप परिवर्तन गरिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले निषेधाज्ञा सम्बन्धी नयाँ आदेश जारी गरेका छन् । जस अनुसार अब होटलहरु पनि सञ्चालनमा आउने भएका छन् । आदेशमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म होटल,रेष्टुरेन्ट,फास्टफुड,खाजा तथा चिया पसलहरु सञ्चालन गर्न सकिने जनाएको छ ।
यस्तै जिल्लामा सार्वजनिक सवारीमा लागू गरिएको जोरबिजोर हटाइएको छ। सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, पार्क, मनोरञ्जनस्थल, सैलुन, ब्यूटीपार्लर, जिमखाना, पुस्तकालय, संग्राहालय, शिक्षणसस्था, समूहमा खेलीने दर्शकसहितका खेलकुदबाहेक अन्य व्यापार व्यवसायहरु विहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ।
यस्तो छ आदेश :