कैलाली - निषेधाज्ञा खुकुलो बनाए सँगै धनगढी उप–महानगरपालिकाले मास्क लगाउने कुरालाई अनिवार्य बनाउन अभियान सुरु गरेको छ ।कोरोनाको संक्रमण फैलिने क्रम नरोकिएकाले धनगढी उप–महानगरपालिकाले ‘कोभिड विरुद्धको हाम्रो अभियान, अनिवार्य मास्कको प्रयोग नै जीवनको वरदान’ भन्ने नाराका साथ अनिवार्य मास्क अभियान नै सुरु गरेको छ ।
यस अभियानमा प्रहरी, प्रशासन, नेपाल रेडक्रस सोसाइटी र सामाजिक संघसंस्थाको साथ रहेको छ । नगरप्रमुख नृपबहादुर वडले मंगलबार बाट अभियान सुरु भएको घोषणा गरेका थिए । व्यापार ब्यावसाय खुले सँगै बजारमा चहलपहल बढेको छ नगरप्रमुख वडले भने, ‘अव जोखिम घटाउने उपाय भनेको अनिवार्य मास्क लगाउने कुरा मात्रै हो ।’
अभियानलाई सहयोग गर्न नगरप्रमुख वडले सबै सँग आग्रह गरेका थिए । अभियानको प्रचारप्रसार गर्न सबै सचेत महानुभावहरू सँग अनुरोध गर्दछौँ नगरप्रमुख वडले भने, ‘ अव मास्कले मात्रै संक्रमण घटाउन सकिन्छ । धनगढी उपमहानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले कोरोना रोकथामकै लागि बाध्यकारी अभियान सुरु गरेको बत्ताइन ।
कोरोनाको जोखिम अझै कायमै छ उप–प्रमुख भट्टले भनिन्, त्यसैले मास्क नछोड्न सबैमा अनुरोध गर्दछौँ ।’ कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले अभियानलाई बेवास्ता गर्दै मास्क प्रयोग नगर्नेलाई प्रहरीले कारबाही सम्म गर्न सक्ने बताए ।
पहिले सम्झाउने काम प्रहरीले गर्छ प्रमुख जिल्ला अधिकारी रिजालले भने, लापरबाही गर्नेलाई कारबाही गरिन्छ । धनगढी उप–महानगरपालिकाले मास्क खरिद गर्न नसक्ने, सामुदायीक विद्यालयका विद्यार्थीलाई निःशुल्क मास्क उपलब्ध गराउने छ ।