कैलाली - नेकपा (एमाले) कैलाली जिल्ला कमिटी सचीवालय सदस्य शेर बहादुर साउँदको ४५ औंँ दिनको तिथीमा श्रद्धान्जली सभा गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले कैलाली जील्ला कमिटीले स्वर्गीय साँउदको जोशीपुर गाउपालीका वडा नं १ राजीपुर स्थीत घरमै आइतबार श्रद्धान्जली सभा गरेको हो ।
पार्टीका केन्द्रीय सदस्य गरीमा शाहको प्रमुख आतिथ्यतामा भएको सभाको अध्यक्षता कैलाली जील्ला अध्यक्ष तथा सुदूरपश्चीम प्रदेशा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतीथि शाहले नेकपा एमाले कैलाली कमिटी सचीवालय सदस्य साउँदको निधनले बामपन्थी कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुगेको उल्लेख गरिन् ।
यस्तै सुदुरपश्चीम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री समेत रहेका दीर्घ सोडारीले विद्यदार्थी आन्दोलन देखी राजनीतीमा क्रियाशील व्यक्ती साउँदको निधनले पार्टी पंक्तीलाई स्तब्ध बनाएको बताए । स्वर्गीय साउँदले संगठन निर्माणमा पु¥याएको योगदानको चर्चा गर्दै मन्त्री सोडारीले उहाँका गुणबाट प्रेरित हुनुपर्ने बताए ।
सभामा नेकपा एमाले कैलाली जिल्लाका उपाध्यक्ष भैरव रावल, सचिब विमल जोशी, उपससचिब शिवराज विनाडी, दील बहादुर वि.क, प्रेमलाल चौधरी, सचिवालय सदस्य गोमा आचार्य, ललीत साउँद, लाल सिं कठरिया, राम कुमार कठरिया, जोशिपुर गाऊ कमिटी अध्यक्ष ओम विनाडी र रघुनाथ क्याम्पसका स्ववियु सभापती सिद्धराज जोशी लगाएतको उपस्थिती रहेको थियो । २०२८ सालमा अछामको रामारोशनमा जन्मीएका स्वर्गीय साउँदको निधन जेठ ७ गते भएको थियो ।