कैलाली - जिल्लाको टीकापुर लागुऔषधको ‘हटस्पट’ बन्न थालेको छ । खुल्ला सीमा नाकाका कारण भारततर्फबाट लागुऔषधको ओसारपोसार ह्वात्तै बढेको छ ।
लकडाउनका कारण सीमावर्ती बजारसम्म सहज आवागमन नभएपछि भारतीय नागरिकले नै लागुऔषध सीमा क्षेत्रसम्म पु¥याउने गरेका छन् । लागुऔषध खरिदका लागि कारोवारी र सेवनकर्ता सीमा क्षेत्रमै पुग्ने गरेको पाईएको छ ।
कोरोनाका कारण शैक्षिक संस्था बन्द भएपछि धेरैजसो युवायुवतीहरु लागुऔषधको दुर्व्यसनमा फसेका छन् । युवायुवतीहरु लागुऔषध दुव्र्यसनमा फसेपछि विभिन्न अपराधिक क्रियाकलापका घटना समेत बढेका छन् ।
प्रहरीका अनुसार लागुऔषध दुर्व्यसनमा संलग्न १५ देखि ३५ वर्ष उमेरका धेरै छन् । पछिल्लो समय लागुऔषध दुर्व्यसनमा फस्नेमा युवासँगै युवतीको संख्या समेत त्यत्तिकै बढेको छ । लागुऔषध कारोवारमा महिलाहरुको संलग्नता समेत धेरै देखिएको छ ।
उनीहरुमाथि सुरक्षाकर्मीले शंका नगर्ने अनुमानका आधारमा महिलाहरु लागुऔषध कारोवारमा संलग्न हुने गरेको पाईएको छ । इलाका प्रहरी कार्यालय टीकापुरले लागुऔषध कारोवारमा संलग्न यस्तै एक कारोवारी महिलालाई पक्राउ गरेको छ ।
टीकापुर नगरपालिका–६ भर्तापुरकी २४ वर्षीया सुमन चौधरी लागुऔषध सहित पक्राउ परेकी हुन् । प्रहरीले उनको पसलबाट ६०० थान नाइट्राभेट–टेन र ९६ थान स्पास्प्रो जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट हालै इलाका प्रहरी कार्यालय टीकापुरको इञ्चार्जका रुपमा सरुवा भई आएका डिएसपी सापकोटाले लागुऔषध नियन्त्रण आफ्नो प्रमुख जिम्मेवारी हुने प्रतिवद्धता व्यक्त गरे ।
सञ्चारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा डिएसपी सापकोटाले समाजलाई लागुऔषधमुक्त बनाउने प्रहरीको अभियानमा साथ दिन आग्रह गरे । उनले प्रहरीको एक्लो प्रयासले मात्रै समाज सुधारको दिशामा अघि नबढ्ने बताउँदै सबैको हातेमालो आवश्यक रहने बताए ।क्स क्याप्सुल बरामद गरेको छ ।
प्रहरीका अनुसार चाउचाउको पेटीभित्र लुकाएर राखेको अवस्थामा लागुऔषध बरामद भएको हो । पक्राउ परेकी ती महिलाले आफूलाई यस बारेमा कुनै जानकारी नभएको बताएकी छन् ।
उनले श्रीमान लौटन चौधरीलाई जानकारी हुने बताईन्। उनका श्रीमान हाल फरार छन् ।