अत्तरिया – कैलालीको अत्तरिया बसपार्कलाई बिस्तार गरिने भएको छ । अहिले बसपार्क रहेको ठाउँ भन्दा उत्तर तर्फ ट्राफिक बिटको पछाडी बनको खाली जग्गामा बिस्तार गरिने लागेको हो ।
स्रोतका अनुसार हाल रहेको बसपार्कको अधिकासं भाग नेपाली सेनाको जग्गामा पर्ने भएकाले दिर्घकालिन रुपमा बसपार्कलाई सार्ने योजना अनुरप नै बिस्तारको कार्य अगाढी बढाइएको हो ।
गोदावरी नगरपालिकाका इन्जिनियर पूर्ण कुँवरले अहिले बसपार्क बिस्तारको लागी गोदावरी नगरपालिकाले १० लाख छुट्याएर उपभोक्ता समिती मार्फत काम गरेको जानकारी दिए ।
जसमा १ लाख बराबरको उपभोक्ता समितीले गर्नुपर्ने भनिएको छ । यदपी तत्कालको ग्राबेल हाल्ने काम भने सकिएको छ । भुक्तानी हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ ।
बस बिसौनी बाट शुरु भएको बसपार्क
२०६८ –६९ साल तिर बस बिसौनीको नामबाट अत्तरिया बसपार्कको काम शुरु गरिएको थियो । तत्कालिन बसपार्क समितीका अध्यक्ष गोकर्ण भट्टले बनको जग्गामा बिबाद हुने हुँदा बस बैसौनीको नामबाट निर्माण शुरु गरिएको बताए ।
शुरुमा ४० –५० वटा बसहरु अटाउन सक्ने गरी निर्माण गरिएको उनले बताए । उनले सुदुरपश्चिम कै नमुना बसपार्क बनाउने गरी काम थालिएको तर भोकाधिकारको समस्या पटक पटक आएको बताए । अत्तरियामा बसपार्क नहुँदा उक्त समयमा सडकमै बसहरु राख्ने प्रचलन थियो ।
तत्कालिन क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रमोद खरेल को अगुवाईमा यस क्षेत्रका स्थानियहरुको सहभागीतामा बसपार्क को बनाउने निर्णय गरिएको थियो । थोरै जग्गाबाट शुरु गरिएको बसपार्क पछि बढाउँदै लगेर १०० भन्दा बढि बसको पार्किङ स्थल बनेको थियो ।
बिगत केही बर्ष यता नगरपालिका कै मातहतमा बसपार्क रहँदै आएको छ । नगरपालिकाले ठुलो लगानी गरेर बिभिन्न समितीहरुको लागी टिकट काट्न सहज होस भनेर सुबिधा सम्पन्न काउण्टर पनि बनाएको छ ।
बसपार्क क्षेत्रको उक्त जग्गा सहित अत्तरियाको धेरै बन क्षेत्रको जग्गा अहिले नेपाल सेनाको नाममा गएको छ । सेनाले उक्त जग्गाको लालपुर्जा समेत पाइसकेको स्रोतको दाबी छ ।