डोटी -जिल्लाको को सायल गाउँपालिका वडा नम्बर ४ , ५, ६ र पुर्विचौकि गाँउपालिका वडा नम्बर १,२ र ३ साथै दिपायल सिलगडी नगरपालिको वडा नम्वर २ र ९ का १ सय ४७जनालाई खाधान्न सामाग्री बितरण गरिएको छ ।
कोभीड १९ महामारी बाट प्रभाबित १४७ परिवारलाई खाधान्न बितरण गरिएको हो ।समान पहुँच बिकास केन्द्र, सिड डोटी तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारी मा संचालित वाल स्पोन्सर सिप परियोजना अन्तर्गत उक्त सामग्री वितरण गरिएको समानपहुँचबिकास केन्द्र, सिडडोटीका परियोजना संयोजक करन बानियाँले जानकारी दिए ।
आर्थिक अबस्था कमजोर भएका , दैनिक ज्याला मजदुरी गरी खाने परीवार,एकल महीला, अपाङ्घता भएका महीला तथा बालबालीका,जोखीममा परेका बालबालीका, परियोजनामा दर्ता गरेका बालबालीका तथा गर्भपती तथा स्तनपान गराइरहेकी महिलालाई छनोट गरेर खाधान्न राहात बितरण गरिएको दिपायलसिलगडी नगरपालिकावडा नम्बर २ का वडा अध्यक्ष खडकाले जानकारी दिए ।
खाधन्न अन्तर्गत प्रति परिवार ३० केजि चामल ,३ केजी दाल, दुई लिटर तेल , २ किलो नुन, २ किलो चिनी र साबुन गरी जम्मा रु ४ लाख ७४ हजार ६ सय ५२रुपैया बराबरको समाग्री हस्तान्तरण गरेको समानपहुँचबिकास केन्द्र, सिडडोटीका परियोजना संयोजक बानियाँले जानकारी दिए ।