डोटी- जिल्लाको को सायल गाउँपालिका वडा नम्बर ४ , ५ र पुर्विचौकि गाँउपालिका वडा नम्बर १,२ र ३ का दुई सय जनालाई खाधान्न सामाग्री बितरण गरिएको छ । कोभीड १९ महामारी बाट प्रभाबित २०० परिवारलाई खाधन्न बितरण गरिएको हो ।
सामुदायिक बिकास केन्द्र, डोटी तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारी मा संचालित समाबेश तथा गुण स्तरीय शिक्षा प्रबिधिक कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरिएको सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशी ले जानकारी दिए ।
आर्थिक अबस्था कमजोर भएका , दैनिक ज्याला मजदुरी गरी खाने परीवार,एकल महीला, अपाङ्घता भएका महीला तथा बालबालीका,जोखीममा परेका बालबालीका, परियोजनामा दर्ता गरेका बालबालीका तथा गर्भपती तथा स्तनपान गराइरहेकी महिलालाई छनोट गरेर खाधान्न रहात बितरण गरिएको सायल गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टिका सिंह ले जानकारी दिए ।
खाधन्न अन्तर्गत प्रति परिवार ३० केजि चामल ,३ केजी दाल, दुई लिटर तेल , २ किलो नुन, २ किलो चिनी र साबुन गरी जम्मा रु ६ लाख ६० हजार २ सय ७६ बराबरको समाग्री हस्तान्तरण गरेको सामुदायी विकास केन्द्र डोटीका सुचना अधिकारी एकराज बडुले जानकारी दिए ।