अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाको आगामी नीति कार्यक्रम तथा बजेट पारित भएको छ । सोमबार बसेको नगर सभाको बैठकवाट आगामी आर्थिक वर्षको २०७८÷०७९ को नीति कार्यक्रम तथा बजेट सर्वसम्मतिले पारित भएको हो ।
यही असार १० गते नगरपालिकाको सातौ नगर सभामा नगरउपप्रमुख रत्ना कडायतले आर्थिक वर्ष २०७८÷०७९ का लागि १ अर्ब १८ करोड ७१ लाख ५७ हजार बराबर बजेट प्रस्तुत गरेकी थिइन् । जो चालु आर्थिक बर्ष २०७७÷७८ को भन्दा झन्डै १० करोडले बढि रहेको छ ।
२ दिन सम्म चलेको नगर सभाको बैठकमा सोमवार नीति कार्यक्रम तथा बजेट पारित भएको उपप्रमुख कडायतले जानकारी दिइन् । कुल बिनियोजित बजेट मध्य चालु तर्फ ६६ करोड २२ लाख ९७ हजार अर्थात ५५ दशमलब ७९ प्रतिशत रहेको छ ।
त्यस्तै पुँजीगत तर्फ ५२ करोड ४८ लाख ६० हजार अर्थात ४४ दशमलब २१ प्रतिशत रहने अनुमान गरिएको छ । नगरपालिकाले आगामी आर्थिक बर्षको लागी स्रोत पनि बजेटमा निर्धारण गरेको छ । जसमा संघिय सरकारबाट प्राप्त बित्तिय समानिकरण अनुदानबाट २० करोड ३५ लाख ,शसर्त अनुदानबाट ३८ करोड ५ लाख खर्च ब्यहोर्ने अनुमान गरेको छ ।
त्यस्तै राजस्व बांडफांडबाट १४ करोड ३३ लाख ८१ हजार र बिषेस अनुदानबाट १ करोड को स्रोत आउने नगरपालिकाले अनुमान गरेको छ ।
य्स्तै प्रदेश सरकारबाट प्राप्त हुने बित्तिय समानीकरण अनुदानबाट प्राप्त हुने १ करोड ५१ लाख ३५ हजार ,प्रदेशबाट बांडफांड हुने राजस्वबाट ५ करोड १० लाख ९९ हजार र आन्तरिक आयबाट ११ करोड ८५ लाख ४२ हजार ५ सय खर्च को स्रोत हुने बजेटमा उल्लेख गरेको छ ।
यस्तै नगरपालिकाले संचित कोषको मौज्दातबाट २६ करोड ४९ लाख ९९ हजार ५ सय प्राप्त हुने बजेट मा समाबेश गरिएको छ । नगरपालिकाले आगामी बजेटमा बिभिन्न महत्वपूर्ण कार्यक्रमहरु ल्याएको छ ।