अत्तरिया - कैलालीमा जारी निषेधाज्ञा फेरि थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) को सिफारिसमा बैशाख १६ गतेदेखिवाट जारी निषेधाज्ञा २२ गतेसम्म राति १२ बजे सम्मका लागि थपिएको हो ।
तर पहिलेको भन्दा धेरै खुकुलो पारिएको छ । अब पसलहरु बिहान ६ देखि साँझ ६ बजेसम्म खोल्न पाईने भएको छ । रेष्टुरेण्ट,जीमखाना, फिल्मलाई भने हाललाई बन्द नै राख्ने निर्णय भएको छ । तर रेष्टुरेण्टले टेक अवे सुबिधा भने दिन पाउनेछन् ।
सरकारी कार्यालय, बैक तथा वित्तिय संस्थाहरु जनस्वास्थ्यका सुरक्षा मापदण्डको पालना गरी कार्यालय समयभित्र सञ्चालन गर्न दिने बैठकले निर्णय गरेको छ ।
सार्वजनिक यातायातका साधन जिल्ला भन्दा बाहिर जान र बाहिरबाट आउन रोक लगाउदै जिल्ला भित्रै यातायात समेत चल्न दिने निर्णय भएको छ ।
तर यसमा जोर बिजोर प्रणालीमा लागू गरिने छ । सवारी साधनले क्षमता भन्दि यात्रु बोक्न पाउनेछैनन ।
चालक, सहचालक र कन्डक्टरले मास्क र पञ्जा अनिवार्य रुपमा लगाउनु पर्नेछ । त्यसका साथै ढोकामा सेनिटाईजरको व्यबस्था पनि अनिवार्य गरेको छ ।
अटो, मोटरसाइकल र स्कुटीमा पनि जोरबिजोर जारी रहने प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।