अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा आगामी आर्थिक बर्षमा गोदावरी नगरपालिका स्वास्थ्य नगरपालिका अभियान चलाइने भएको छ ।
बिहिबार प्रस्तुत आगामी आर्थिक बर्ष २०७८÷७९ को निती तथा कार्यक्रममा गोदावरी नगरपालिका स्वास्थ्य नगरपालिका अभियान चलाउदै सो अन्र्तगत क्षयरोग ,कुष्ठ रोग , मलेरिया तथा शुन्य होम डेलिभरीका लागि कार्यक्रम चलाउने कुरा उल्लेख गरिएको छ ।
नगरपालिकाका भित्र अधारभूत तथा आकस्मिक स्वास्थ्य सेवामा सबै नगरबासीको पहुच सुनिश्चित गरिने भएको छ । नगरपालिकाको भित्रका सबै सरकारी स्वास्थ्य संस्थावाट तोकिएका सेवाहरु निशुल्क एबम् गुणस्तरिय स्वास्थ्य सेवा वितरण गरिने , महामारी तथा प्रकोपजन्य रोग नियन्त्रणलाई प्राथमिकरणमा राखि पूर्व तयारी आवश्यक पूर्वाधार ब्यबस्थापनामा जोड दिइने , नसर्ने रोगहरुको रोकथाम तथा ब्यबस्थापनमा जोड दिइने , स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयमसेविकाहरुको क्षमता अभिबृद्धि गर्न तालिम तथा गोष्ठी संचालन र अबलोक भ्रमण भत्ता जस्ता कार्यक्रमहरुको ब्यबस्था गरिने , उपमेयरसंग सुरक्षित मातृत्व कार्यक्रम चलाईने , नगरपालिकामा स्वास्थय बिमा कार्यक्रम प्रबद्धनमा जोड दिइने , पोषणमैत्री पालिका तथा क्षयरोगमुक्त पालिका बनाइने भएको छ ।
यस्तै स्वास्थ्या सेवाका अभिलेखहरु प्रतिबेदनहरु डिजिटलाईजेसन गरिने , प्रत्येक वडामा अनिवार्य रुपमा प्रसुति केन्द्र स्थापना गरिने , समुदायमा रहेको सिकलसेल , ऐनिमिया ,प्यारालाइसिस र आर्सेनिकयुक्त पानीवाट हुने स्वास्थ्य समस्याको निदानका लागि कार्यक्रम संचालन गरिने र पाठेघरको मुखको क्यान्सर , स्तन क्यान्सर र पाठेघर खस्ने समस्या लगाएतका सर्ने र नसर्ने रोगहरुको पहिचान एबम् निदान गर्न जेष्ठ नागरिकहरुसंग मेयर प्रबबद्धन कार्यक्रम संचालन गरिने प्रस्तुत निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।