कैलाली- कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ६३ करोड पाँच लाख २५ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।
बिहीवार भएको आठौं गाउँ सभा अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवाले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेकी हुन । उनले गाउँपालिकाको जम्मा विनियोजन ६० करोड ८९ लाख ६७ हजार र गैर सरकारी संस्थाको दुई करोड १५ लाख ५८ हजार रुपैयाँ गरेर ६३ करोड पाँच लाख २५ हजार रुपैयाँ बजेट रहेको जानकारी दिइन ।
गाउँपालिकाको आगामी आर्थिक वर्षको आयको रुपमा सङ्घीय सरकारबाट प्राप्त हुने ५२ करोड ४७ लाख नौ हजार, प्रदेश सरकारबाट प्राप्त हुने दुई करोड ७९ लाख ५८ हजार रुपैयाँ रहेको छ । यसैगरी, गाउँपालिका आन्तरिक आय दुई करोड ६३ लाख, आन्तरिक स्रोत (चालू आवको बचत) तीन करोड रुपैयाँ गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि आयको रुपमा रहेको छ ।
अधिवेशनमा गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले आर्थिक वर्ष २०७८/७९ का लागि शिक्षा र स्वास्थ्य मानव भविष्यको मूलआधार १ स्मार्ट कैलारी गाउँपालिका लागि दिगो विकास र रोजगारू, भन्ने मूल नाराका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले अहिलेसम्म कैलारी गाउँपालिका सरकारले राजनैतिक, भौतिक, आर्थिक, सास्कृतिक, शैक्षिक, स्वास्थ्य, भाशिक, न्यायिक, शान्ति, सुरक्षा र रोजगार लगायत समग्र विकासको लागि अथक प्रयास गरिरहेको जानकारी दिए ।
गाउँपालिकाले बहुवर्षका गौरवका योजना, आयोजना र परियोजनाहरुलाई कार्यन्वयन, व्यवस्थापन, मर्मत सम्भारमा निरन्तरता दिने नीति लिएको छ । यस्तै कार्यान्वयनमा रहेका र अधुरा वा क्रमागतमा रहेका भौतिक पूर्वाधारका योजनाहरु आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने जनाइएको छ । विद्धुतीकरण विस्तार, ग्रामीण बाटोहरुमा कल्भर्ट निर्माण, होम पाइप जडान र सडक गुरुयोजनाका सडक मापदण्ड २०७५ बमोजिम कालोपत्रे र ग्राभेल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
अ