धनगढी - धनगढी उप–महानगरपालिकाले आर्थिक बर्ष २०७८–०७९ को बार्षिक नीति ,कार्यक्रम तथा बजेट पेश गरेको छ । उप–प्रमुख सुशिला मिश्र भट्टले आज सातौं नगरसभामा आगामी बर्षको नीति ,कार्यक्रम तथा बजेट पेश गरेकी हुन् ।
उनले नगरसभामा पेश गरेको बजेट १ अर्व ८१ करोड २८ लाख २२ हजार १ सय रहेको छ । जसमध्य चालुतर्फ १ अरव २ करोड ८० लाख ७० हजार र पुँजीगत तर्फ ७८ करोड, ४७ लाख ५१ हजार रहेको छ ।
बजेट तथा कार्यक्रमले कोभिड १९ बाट सृजित समस्या व्यवस्थापन, स्वास्थ्य, सरसफाई र विपद व्यवस्थापन , स्वास्थ्य तथा मानव सामर्थ्य विकास, कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि , शिक्षा तथा रोजगारी , पूर्वाधार निर्माण तथा दीगो विकास, सूचना प्रविधि तथा सञ्चारमा विकास ,उद्यम, स्वरोजगारी र सहकारीताको विकास, मानव संसाधन तथा संस्थागत सुशाशन , सामाजिक विकास तथा गरिवी निवारण लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
कृषी तर्फ किसानलाई प्रोत्साहन गर्न किसान क्रेडिटकार्यको ब्यबस्था गर्ने, सामुदायीक बनमा जडिबुटी खेती, कृषक पहिचान तथा परिचयपत्र, कृषी बजार मुल्य सूचना प्रणालिको ब्यबस्था गरिने नीति दिएको छ ।
पशु विकास तर्फ छाडा पशुचौपयामा भ्याक्सीनेशन, पशुको नस्ल सुधार, पशु विमा लगायतका कार्यक्रम समेटिएका छन् ।
पर्यटन विकास तर्फ कैलाली नाला, सुकुटी नाला, मोहना नदी किनारमा साईकल ट्रयाक निर्माण गर्ने, धनगढीका पर्यटकिय स्थल जोड्न खरिडोर तयार पार्ने, धनगढीका तालतलैयाहरुको विकास, संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि काम गर्ने, भादागाउँ होमस्टेको पवद्र्धन गर्ने लगायतका कार्यक्रम रहेका छन् ।