अत्तरिया - नेपाली काग्रेसका युवा नेता क्षितिज भण्डारीले काग्रेस कैलालीलाई दराज सहयोग गरेको छन् ।
युवा नेता भण्डारीले नेपाली कांग्रेस कैलालीबाट पटकपटक चुनाव जित्दै कानुन, न्याय तथा संसदिय ब्यवस्था मन्त्री रहनुभएका, बौद्धिक एवं ईमानदार नेता स्वर्गीय टेकबहादुर चोखालको स्मृतिमा नाम लेखन गर्ने गरि दराज सहयोग गरेका हुन् ।
कानुनका ज्ञाता ईमानदार नेता चोखालको तस्बिर राखेर दराज बुझ्दै कैलाली हरिप्रीया प्रकाश फाउन्डेसनलाई धन्यवाद दिदै कोरोना घटेपछि पुर्ब मन्त्री चोखालको स्मृतिमा पार्टीसंग सहकार्यमा विभिन्न कार्यक्रम गरिने तय भएको छ ।
सो दराजको साचो बुझ्दै जिल्ला सभापति नरनारायण शाहले स्वर्गीय चोखालको सकारात्मक गुण र योगदानको चर्चा हुनु आवश्यक रहेको बताउदै १४ औ अधिवेशनको तयारीमा लाग्दै कैलाली जिल्लामा सहमति वा स्वच्छ, हार्दिक प्रतिस्पर्धामा ओर्लिन जिल्लाका सबै नेता कार्यकर्तालाई अनुरोध गरे ।
उनले पार्टीको बिपत्त ब्यवस्थापन एवं उद्दार कोष समेत स्थापना भएको जानकारी दिए । युवा नेता भण्डारीद्वारा पार्टीलाई हरेक कार्यक्रममा मास्क, सेनेटाईजर,झण्डा आदि सह्योग गर्दै आईरहेको बेला अधिबेशनको चटारोमा माग बमोजिमको नयाँ दराज हस्तान्तरण गरिएकोमा जिल्ला उपसभापति प्रकाश बमले धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा जिल्ला सचिब पुर्ण कुवर, सचिब दिपक जोशी, कलेशु चौधरी, शेरबहादुर देउवा, नृपबहादुर सुनार, नवराज रावल, क्षेत्रीय सभापति दिनेश जोशी सहित जिकासको नेताहरुले कार्यसमितिको बैठकमै दराज बुझ्दै सबैले नेता चोखालको सम्झनामा वहाँ अभाव खटकिएको अनुभव गरेको युवा नेता भोजबहादुर बमले बताएका छन् ।