अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं २ मा रहेको जिवनज्योति महिला विकास बहुउध्ेश्यीय सहकारी संस्था लिमिटेडको बार्षिक प्रगिति समिक्षा गोष्ठी विहिवार सम्पन्न सम्पन्न भएको छ । सहकारी संस्थाकी अध्यक्ष सुमित्रा सोपको अध्यक्षतामा भएको गोष्ठीमा गोदावरी नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्णराज जोशी प्रमुख अतिथी रहनुभएको थियो ।
महिलाद्धारा महिलाका लागि संचालित उक्त सहकारी संस्थाले गत बर्ष गरेका क्रियकलापहरु र आगामी योजनाका बारेमा सहकारी संस्थाका पदाधिकारी र सरोकारवाला संघ संस्थासंग अन्तरकृया समेत गरेको हो । संस्थाले सार्वजनिक गरेका प्रगति बिवरणमा गत बर्ष बचत संकलनलाई मासिक , ऐच्छिक , बाल , महिला र दैनिक गरिएको , रिण परिचालन तर्फ कृर्षि , पशुपालन , शैक्षिक , सिपमुलक , घरखर्ची , घर निर्माण , बैदेशिक रोजगार , हायर पर्चेज र आपतकालिन ऋिण दिइदै आएको , सिलाई कटाई तालिमलाई निरन्तरता संचालन गर्दै , नेतृत्व बिकासका तालिम नियमित संचालन गर्दै , दुई वटा समुहलाई बचत तथा ऋिण परिचालन तालिम सम्पन्न र २१ जना शेयर सदस्यहरुलाई सुत्केरी पोषण खर्च वितरण लगाएत कृयकलापहरु अगाडी बढाएको जनाएको छ ।
यस्तै मल खरिद बिक्रि निरन्तर गरेको , सधारण सभा सम्पन्न १५ सय ५२ जना शेयर सदस्यहरुलाई पोशाक वितरण , किस्ता बन्दीमा ऋिण असुली गर्नुका साथै लगानीको नियमित अनुगमन गर्ने गरेको , ३ जना शेयर सदस्यहरुका श्रीमान् वितेपछि राहत स्वरुप नगद ५÷५ हजार रुपैया उपलब्ध गराएको , बित्तिय साक्षरता तालिम संचालन , अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई खाजा र खेलकुदका समाग्रीहरु वितरण गरेको र घरेलु हिंसा र अन्तरजातिय बिवाहको विवादमा मध्यस्तकर्ता गरी सम्बन्धित ठाँउमा न्यायका लागि पहल गरेको लगाएतका कार्यक्रमहरु संस्थाले गरेको संस्थाकी ब्यवस्थापक क्षेत्रा साउँदले जानकारी दिइन् ।
उनले चालु आर्थिक बर्ष ०७६÷०७७ मा पनि बिभिन्न सामाजिक कार्य सहित संस्थाको विकासका लागि यस्तै खालका कार्यक्रमहरु संचालन गर्दै जाने बताइन् । चालु आर्थिक बर्ष ०७६÷०७७ का कार्यक्रमहरुमा पुर्व सहकारी शिक्षा संचालन , एक घर एक सदस्य अभियान , शेयर पुजी बृद्धि , बित्तिय साक्षरता तालिम , जिविको पार्जन सिप विकास तालिम , रिण र बचत परिचालन तथा ब्यवस्थापन तालिम , सहकारी ब्यवस्थापन तालिम , नेतृत्व विकास तालिम , पर्लस तालिम , उद्घोषण तालिम र लेखा ब्यवस्थापन तालिम संचालन गर्ने योजना रहेको उनले बताइन् ।
कार्यक्रममा बोल्दै वडा नं २ का वडा अध्यक्ष कृष्णराज जोशीले जिवनज्योति महिला विकास बहुउध्ेश्यीय सहकारी संस्थाले महिलाहरुको समाजिक आर्थिक र भौतिक सुधारका लागि एक उदारणिय काम गरेको भन्दै धन्यवाद दिए । उनले राज्यले गर्नुपर्ने दायित्व एक सहकारीले गरिरहेकाले यस्ता सहकारीहरुको स्तारोउन्नतीका लागि राज्यको पनि ध्यान जानुपर्ने बताए ।
उनले यसका लागि वडा र नगरपालिकावाट हुने सहयोग सदैव गर्न तयार रहेको बताए । जिवन ज्याति महिला बिकास सहकारी संस्थाकी अध्यक्ष सुमित्रा सोपले सहकारीलाई याँहासम्म पुञ्याउन सहयोग गर्ने सबै शेयर सदस्यहरुलाई धन्यवाद दिइन् ।
उनले ग्रामिण क्षेत्रका महिलादिदि बहिनीको एक एक रुपैया संकलन गरेर संस्थाले उनीहरु माथि नै लगानी गरिरहेको बताइन् । कार्यक्रमको संचालन सहकारीकी ब्यवस्थापक क्षेत्रा साउँदले गरेकी थिइन् ।