धनगढी - सौन्दर्य प्रतियोगिता ग्रेस अफ सगरमाथाको अडिसन धनगढीमा पनिहुदैछ । अवतार ईन्टरनेशनलको आयोजनामाहुनलागेको सौन्दर्य प्रतियोगिताको साउन २५ गते धनगढीमा अडिसन हु्न लागेको हो । देशकाविभिन्न स्थानहरुमाअडिसन भईरहेकोमासुदुरपश्चिमप्रदेशको अस्थायी राजधानीधनगढीमा २५ गते अडिसन हुनलागेको हो ।
प्रतियोगितामा १६ देखि २८ बर्षसम्मका युवा युवतीहरुले भाग लिन पाउने आयोजक अवतार ईन्टरनेशनलका धनगढी संयोजक जोन बी बमले जानकारी दिनुभयो ।अडिसनमा भाग लिने युवा यु्वतीको उचाई पनिकायमगरिएको छ । युवकको उचाई ५ फिट चार ईन्च र युवतीको उचाई ४ फिट १० ईन्च हुनुपर्ने धनगढी संयोजकबमलेबताउनुभयो ।
आफ्नो ठाउँको प्रतिनिधित्वगर्दै राष्ट्रिय तथाअन्तराष्ट्रिय स्तरसम्मआफ्नो क्षमता देखाउनकालागि ग्रेस अफ सगरमाथाराम्रो प्लेटफर्म भएकोले सवैलाई सहभागीताजनाउनअवतार ईन्टरनेशनलका धनगढी संयोजक जोन बी बमले आग्रह गर्नुभयो ।
साउन २५ गते हुने धनगढी अडिसनको तयारी पनि तिव्र रुपमा भईरहेको छ । धनगढीको आफ्नो घर टेम्पल रिर्सोटमा १२ बजेदेखि अडिसन सुरु हुने तयारी गरिएको छ ।प्रतियोगिताको युवक र युवतीतर्फकाविजेताले स्कुटर सहितविभिन्न सुविधापाउने र उनीहरुले नेपालको प्रतिनिधित्वगर्दै सिंगापुरमाहुने सौन्दर्य प्रतियोगितामाभागलिनपाउने प्रतियोगितामा सहकार्य गरिरहेको फेशन फ्याक्ट्रीका सिईओ अविनाश ढकालले जानकारी दिनुभयो ।
त्यसैगरी फष्ट रनर अफहरुले नगद डेढ÷डेढ लाखका साथै ईन्डोनेसियामाहुने सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्वगर्दै सहभागीजनाउन पाउने ढकालले बताउनु्भयो । युवक र यवुतीतर्फका सेकेन्ड रनरअफलाई एक÷एकलाखनगद सहितअन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगितामा भाग लिन पाउने छन ।
तर उनीहरुले कुन देशमा हुने कुनप्रतियोगितामा सहभागीता जनाउने त्यो भने अहिले टुङगो लागेको छैन । प्रतियोगिताका उत्कृष्ट ६ जनालाई अध्ययनका लागि पनि छात्रवृति दिईनेछ । प्रतियोगितामा विभिन्न विधाहरु पनि राखिएका छन । त्यो विधाका विजेतालाई पनि नगद सहित विभिन्न पुरस्कारको व्यवस्थागरिएको फेशन फ्याक्ट्रीका सिईओ अविनाश ढकालले जानकारी दिनुभयो । यो प्रतियोगितामा सहभागीता जनाएकाहरुलाई विभिन्न अवसर दिईने आयोजकलले जनाएको छ ।
ग्रेस अफ सगरमाथा सौन्दर्य प्रतियोगिता फेशन फ्याक्ट्रीको सहकार्यमाअवतार ईन्टरनेशनल नेपालको आयोजनामाहुनलागेको हो । यसमावीर विक्रम–२ कानिर्माताहरु पनि आवद्ध रहेका छन् ।
यसको फाईनल देशकाविभिन्न स्थानबाट छनोट भएकाहरुको सहभागीतामा असोज पहिलो साता काठमाण्डौमा हुनेछ । फाईनलमा २५ जनाभन्दा वढी मोडेल, कलाकार लगायत विशिष्ठ व्यक्तित्वहरुको सहभागीता रहनेछ ।