कन्चनपुर -सुदूरपश्चिम प्रदेशका विभिन्न राजनीतिक दल निकट आठ विद्यार्थी संघ संगठनले महामारीका बेला भारतीय हस्तक्षेपको बिरोध गरेका छन ।
महामारीकै भारतीय पक्षले कैलाली, कञ्चनपुर र दार्चुलामा नेपाली भूमिमाथि अनावश्यक हस्तक्षेप गरेको भन्दै आठ विद्यार्थी संगठनले भारतीय हस्तक्षेपको बिरोध एव भत्र्सना गरेका हुन । बिहीबार विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ती जारी जार्दै नेपाली भूमिमाथि हस्तक्षेप रोक्न सरकारसंग माग गरेका छन ।
नेविसंघ, अनेरास्ववियू क्रान्तिकारी, विप्लव÷बैद्य क्रान्तिकारी, राष्ट्रिय प्रजतान्त्रिक विद्यार्थी संगठन, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, अखिल छैठौँ, समाजवादी विद्यार्थी यूनियनले दोस्रो लहरमा नेपाल, भारत लगायत विश्वका विभिन्न मुलुकमा कोरोना महामारी देखिएका बेला भारतीय पक्षले नेपालमाथि हस्तक्षेप गर्दै भूमि अतिक्रणको भत्र्सना गरेका छन ।
दार्चुलाको कालापानी, लिपुलेक, लिम्पियाधुरामा भारतीय अतिक्रमण जारी रहेका बेला फेरी भारतीय पक्षले बलमिच्चाई गर्दै दार्चुला सदरमुकाम महाकाली नदीको प्राकृतिक बहाब नै परिर्वतन गर्दै नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर सडक निर्माण कार्य रोक्न माग गरेका छन ।
आठै विद्यार्थी संगठनले कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका ८ सुन्दरनगरमा नेपाली किसान नारायण अधिकारीको भूमिका खेती लगाउनबाट रोक्ने, बेलौरी नगरपालिका ८ पचुईमा हुलाकी सडक रोक्ने कार्य निन्दनिय भएको ठहर गरेका छन ।
नेविसंघका निर्वतमान केन्दीय महामन्त्री अच्यूतराज कलौनी, अनेरास्ववियू क्रान्तिकारीका सुप प्रदेश संयोजक मदन भूल, विप्लव क्रान्तिकारी सेती महाकाली संयोजक बिरेन्द्र शाह, बैद्य क्रान्तिकारी सुप प्रदेशका कार्यबहाक संयोजक पुष्कर जोशी , राष्ट्रिय प्रजतान्त्रिक विद्यार्थी संगठनका सुप इन्चार्ज उमेश सिह विष्ट, वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका सुप संयोजक दोणचार्य अवस्थी, अखिल छैठौँका प्रदेश सदस्य पुष्कर भट्ट र समाजवादी विद्यार्थी यूनियनका केन्दीय सदस्य महेश तिरुवाद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा भारतीय हस्तक्षेपको नरोकिए प्रतिकारमा उत्रिने चेतावनी दिएका छन ।