नेपाली कांग्रेसको १४औं महाधिवेशनको अन्यौल्ता चिर्दै गिरिजाप्रसार कोइराला फाउन्डेसन सुदुरपश्चिम प्रदेशले राष्ट्रिय भर्चुअल अन्तरक्रीया सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख बक्ता एव नेपाली कांग्रेस केन्द्रिय सदस्य सुजाता कोइरालाले तोकिएको समयमा महाधिवेशन गर्न सकिने बताउदै त्यसको लागि बिकेन्द्रीकरण चुनाव गर्नुपर्ने भन्नुभयो ।
पुर्ब उपप्रधानमन्त्री कोइरालाले ५ बर्षमा चुनाव गर्न नसक्नुमा हामी सबै जिम्मेवार रहेको बताउँदै संविधानले समेत निर्वाचन भनेकोले अरु बिकल्प नभएको दाबी गर्नुभयो ।
नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य दिलेन्द्र बडुले कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले सबै नेताकार्यकर्ताको सहयोगमा चुनाव गरेर कम्युनिस्ट सरकार विरुद्धमा आमनिर्वाचन जित्नका लागि पनि एकताको महाधिवेशन गर्नुपर्ने बताए ।
पुर्ब मन्त्री एवं केन्द्रिय सदस्य एनपि साउदले भोलि बस्ने पार्टी केन्द्रिय समितिको बैठकले पदाधिकारीको तय मिति नै पारित गर्ने रहस्य खोल्नु भयो । नेता साउदले यहाँनेर पार्टी सभापति नै चुनावको पक्षपाती भएको दाबी गर्दै निराधार हल्ला चलाएर चुनाव सर्छ भन्नू को कुनै अर्थ नरहेको बताउनुभयो ।
नेका केन्द्रिय सदस्य बद्री पाण्डे ले १४औं महाधिवेशनबट नयाँ विचार र नयाँ नेतृत्व सहितको केन्द्रिय समिति आएमा मात्र अधिनायकवादसंग लडन सकिने बताउनुभयो । नेता पाण्डेले देशब्यापी जनमत नै चुनावको पक्षमा भएकोले नेतृत्वलाई चुनावबाट नभाग्न अनुरोध गर्नुभयो ।
नेपाली कांग्रेसका युवानेता उमेशजङ्ग रायमाझिले ५ बर्ष भित्र चुनाव नगराउनु नेतृत्वको असक्षमता रहेको बताउनु भयो । ०३६" सालको प्रतिकुलतामा जनमत संग्रह हुनसक्छ भने पार्टीको चुनाव किन नहुने भनेर प्रश्न तेर्साएका थिए ।
युवानेता क्षितिज भण्डारीले नेपालको संविधानमा केन्द्रिय समिति र प्रदेश निर्वाचन बारे मात्र उल्लेख भएकोले सबै मिलेर प्रयत्न गर्दा पनि जिल्ला अधिबेशन कोरोना र बाढिपहिरो प्रभावित भएमा के गर्ने ?भन्ने बारे अब केन्द्रिय समितिको बैठकद्वारा दुरदर्शितापुर्बक बिकल्प सहित को रणनीति अख्तियार गर्न सुझाव दिनुभयो ।
नेपाली जमसम्पर्क समिति अमेरिकाका अध्यक्षका प्रत्याशी, युवानेता सोमनाथ घिमिरे अब पार्टी महिला लाई पदाधिकारीमा उच्च स्थान दिनुपर्ने र प्रवासी नेपालीको नाममा हुने भ्रष्टाचार र नक्कली प्रतिनिधि नियन्त्रण बारे महाधिवेशनले बोल्नुपर्ने बताए ।
कार्यक्रममा केन्द्रिय सदस्य रमेश लेखक, चन्द्र भण्डारी, धनराज गुरुङ्ग, गुरुराज घिमिरे, प्रदिप पौडेल र विरबहादुर ओलि आदिले शुभकामना दिएका दिए ।
युवानेता नृपबहादुर सुनार द्वारा संचालित जुम बैठक क्षितिज भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो सभ्य र भब्य रुपमा सफल जुम कार्यक्रम सयौं सहभागीको धारणालाई टिपोट गर्ने जिम्मेवारी कृष्णबहादुर कुवर, गणेश भण्डारी र देबराज ओझाले पाएका थिए ।
जुम बैठकको सुझाव पत्रकार शिबलाल पौडेल मार्फत केन्द्रीय समितलाई बुझाईने फोटसका अध्यक्ष ई. भुबन भट्टले बताउनुभयो ।