अत्तरिया - सरकारद्धारा प्रतिबन्धित नेत्रबिक्रम चन्द्र विप्लव समुहले कैलाली र बझांगमा रहेको एनसेलको टावरमा आगजनी गरेको छ । कैलालीको धनगढी उप–महानगरपालिको वडा नम्बर ६ जालीमा रहेको एनसेल टावारमा आगजनि गरिएको हो ।
गए राती करिब १२ बजेको समयमा आगजनी गरिएको प्रहरीले जनाएको छ । गेटको ताला काटेर टावारमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरिक्षक दक्ष कुमार वस्नेतले जानकारी दिए ।
आगजनी बाट टावारका व्याट्रीहरु जलेका छन । विप्लव समुहले अगजनी गरेको आसंका गरिएको भएपनि प्रहरीले भने पुष्टी गरेको छैन ।
यस्तै उता बझाङ जिल्लामा रहेका एनसेल टावर माथि पनि आगजनी भएको छ । गए राति जिल्लाको मष्टा गाउँपालिका , थलारा गाउँपालिका र वित्थडचिर गाउँपालीकामा रहेको एनसेल टावरमा बिप्लप समूहले आजजनी गरेको त्याहाँका स्थानिय वासिन्दाहरुले बताएका छन ।
एनसेलले कर नतिरेकोले टावरमा आक्रमण गरेको नेकपा बिप्लप समहका बझाङ जिल्ला सेक्रेटरी हरीलालले बताए ।
यस विषयमा कुराकानी गर्दा जिल्ला प्रहरी कार्यालय बझाङले आधिकारीक जानकारी नआएको र टावरको सुरक्षाका लागि र त्याँहाको गतीविधी वझ्न प्रहरी परीचालन गरिएको जनाएको छ ।
यस्तै
डोटीमा पनि गए राति अज्ञात समूहले एनसेलको टावर जलाएको छ । जिल्लाको जोरायल गाउँपालिका–१ घण्टेश्वरको कटौंजथलामा रहेको एनसेल टावर जलाइएको हो ।
आगजनीबाट सिस्टम सञ्चालन गर्ने विभिन्न केवलहरु, बिटिएस र्याक, ब्याट्री र्याक लगाएतका सामानहरु जलेर क्षति भएको एनसेलका स्थानीय प्रतिनिधि मानसिंह धामीले स्थलगत जानकारी दिए ।
आफूहरुलाई घटनाबारे बिहीबार बिहान मात्रै खबर भएको र जानकारी पाए लगत्तै घटनास्थल पुगेको घण्टेश्वर प्रहरीचौकीका प्रमूख असइ करन सिंह धामीले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी
डडेल्धुराको आलिताल गाउँपालिका–२ काफलीडाँडामा रहेको एनसेल टावरमा पनि आगजनी गरिएको छ । अज्ञात समूहले गएराति एनसेलको टावरमा आगजनी गरेको डडेल्धुरा प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक लक्ष्मण खड्काले जानकारी दिए । क्षतिको विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।
टावरमा आगजनी भएपछि गएरातिदेखि नै जिल्ला सदरमुकाम क्षेत्रमा एनसेलको टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।