सुदुरपश्चिमको बिकट पहाडी जिल्ला दार्चुलाका एक दम्पती उपचारका लागि क्यान्सर अस्पताल भरतपुर पुगेर खर्च अभाबमा अलपत्र परेका छ्न ।
दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ ओसिल बस्ने रमेश सिह ठगुन्ना दम्पती उपचारका क्रममा रकम सकिएपछी अस्पताल मै अलपत्र भएका हुन ।
३ महिना अगाडी रमेश श्रीमति सिन्धु धामी ठगुन्नाको ठूलो आन्द्राको क्यान्सरको उपचारका लागी धनगढी बाट उपचारका लागि चितवन आएको र उपचारकै क्रममा रकम सकिएको तथा घर बाट समेत आर्थिक अबस्था जुटन नसकेकाले अलपत्र परेका हुन ।
उपचारका लागि सुदुरपश्चिमका विभिन्न अस्पतालमा ठूलो रकम खर्च भएको र चितवनको ३ महिने उपचारमा गरि करिब ६ लाख रुपैया सकिएको उनले बताए ।
आफ्नो घरको आर्थिक अबस्था अत्यन्तै कमजोर भएकोले अहिले उपचार गराउदा गराउदै भएको सबै घरजग्गा समेत बेचेर पनि उपचार सम्भव नदेखिएकोले उनले सबै सग सहयोगको अपिल गरेका छ्न ।
उनले दैनिकजसो अस्पतालमा बिरामी लाई देखाउन पर्ने गरेको र आफुहरु अस्पताल अगाडी भाडामा कोठा लिएर बसेकाले खाद्यान्नको समेत अभाब भएकाले भोकै बस्नु पर्ने अवस्था सिर्जना भएको बताए ।
आर्थिक अभाब र लकडाउनका कारण न उपचार राम्रो सग गर्न सकियो न घर फर्कन नै सकियो उनले देखेसो पोख्दै सहयोगको आशा गरेका छ्न ।
सहयोग गर्न चाहानेले कलावती धामी ठगुन्ना दिदी फोन नम्बर 9868446536 , रमेश ठगुन्ना 9848658870 मा फोन गरि सम्पर्क गर्न सकिने जनाइएको छ ।