अत्तरिया - राम्रो राम्रो लगाउने , मिठो खाने अनि घर छेउमै आउने स्कुल बसमा चढेर साथीभाई संगै अंगालो हाल्दै स्कुल जाने रहर त कुन बालबालिकालाई हुदैन होला । तर कतिपय बालबालिकाहरुका यि असिमित इच्चा र चाहान बिभिन्न समय र परिस्थितीले सपना जस्तै बनिरहेका हुन्छन् । आफुलाई जन्म दिने प्राण भन्दा प्यारा आमाबुवालाई सानै उमेरमा गुमाउदा बेसाहारा बनेका ति बालबालिकाहरुको मन कस्तो होला एक पटक कल्पना गुर्नस् त ।
के ति बालबालिकालाई नयाँ लगाउने , नयाँ ठाउ घुम्न जाने , मिठो खानेकुरा खाने र महगां बिधालयहरुमा पढ्ने मन हुदैन होला । मन भएर के गर्नु एक छाक खाना खाएर शरिरमा एक जोर मैलो र थुत्रो लुगा लगाएर घरको छेउमै बसिरहेको त्यो बालक वा बालिकाले आफ्नो उमेरको साथीलाई आमा बुवा संग रमाउदै , खानेकुरा खादै र खेलौनाहरु किन्दै गरेको देख्छ अनि आफ्ना पिडालाई सम्झिएर मन भित्रै रुन खोज्छ, तर उनको त्यो आँशुले मान्दैन र आँखावाट तप तप आँशुको धारा छुट्छ ।
जन्मदेखी नै शरिरिक रुपमा कमजोर वा अपांगता भएका , बुवाको मृत्यु भएका , आमाको मृत्यु , आमा बुवा दुवै गुमाएका , बुवा बेपत्ता भएका , आमा बुवा बिभिन्न अभियोगमा जेल जिवन बिताइरहेका , दाई भाई कोहि साहारा नभएका , बुवा आमा दुवैले छोडेर अन्तै गएका , आमाको मृत्यु पछि बुवाले अर्को बिवाह गर्दा सौतेनी आमाले बस्न नदिएका , कुपोषित भएका , बेवास्तामा परेका र अति गरिब लगाएतका विभिन्न कारणले सुदुरपश्चिममा थुप्रै बालबालिकाहरु बेसाहारा तथा जोखिममा परेका छन् ।
आजका बालबालिका भोलीका कर्णधार भन्ने गरिन्छ , तर जोखिममा परेका ति बालबालिका सम्म सरकारी देखी निजि कुनै निकायको ध्यान जादैन् । त्यसपछि पढ्ने हास्ने खेल्न उमेरका ति बालबालिका एक छाक टार्नका लागि भएपनि होटलको जुठा भाडा माझ्ने , गाडीको खलासी गर्ने , अर्काको खेतीबारीमा काम गर्न बाध्य छन् । तर पछिल्लो समय केहि स्थानिय स्तरमा संचालनमा आएका त्यस्ता संघ सस्था जसले यि यस्ता बालबालिका तथा महिलाहरुलाई सेवा दिइरहेका छन् । कैलालीको गोदावरी नगरपालिका वडा नं ३ बस्ने महिला जानकी मलासीको पहलमा गोदावरी नगरपालिकाको वडा नं २ अत्तरिया बजारमा केहि बर्ष पहिले स्थापना भएको श्री महिला तथा बालबालिका सेभ हाउसले यस्तै बालबालिकाहरुलाई संरक्षण दिइरहेको छ ।
२०७३ साल जेठमा स्थापना भएको उक्त सेभ हाउसमा अहिले ३० जना बालबालिका र ५ जना महिलाहरु आवसिय रुपमा बस्ने गरेका छन् । सेभ हाउसमा रहेको ३० जना बालबालिका मध्ये २५ जनालाई दुर्गालक्ष्मी बिधालयले निशुल्क भर्ना गरेको उनीहरु नियमित बिधालयमा जाने गरेको सेभ हाउसकी अध्यक्ष जानकी मलासीले बताइन् ।
उनले मुठ्ठी दानवाट जेनतेन गरेर बालबच्चहरुलाई खाना खुवाउदै आएको सुनाइन् । ‘अहिले सम्म सबैको घर दैलोमा पुगेर कसैवाच चामल , कसैवाट दाल , कसैवाट नुन तेल गरेर गुजारा चलार्यौ तर केहि महिना यता गो.न.पाको वडा नं २ ले खाध्यान्न सामग्रीहरु उपलब्ध गराइरहेको छ’ उनले भनिन्– ‘यसले हामीलाई धेरै राहत मिलेको छ । सहयोगी हातहरु बिच बिचमा आइरहेका हुन्छन् तर के गर्नु हामीलाइै त कति बेला के आवश्यकता पर्छ , खाध्यन्न पाञ्यौ तर त्यो पकाउन ग्याँस हुन्न , हामीले कसरी कसरी गुजारा गरिरहेका छौ त्यो यो भित्र आउनेलाई थाहा हुन्छ ’ उनले अगाडी थपिन् ।
सेभ हाउसले बालबालिकाको मात्रै होइन अहिले सम्म देशैभरीवाट आएका एक सय जना भन्दा बढि पिडित महिलाहरुको उद्धार समेत गरेको अध्यक्ष मलासीले बताइन् । उनले राज्यले गर्नुपर्ने दायित्व आफुहरुले गर्नुपर्दा पनि सरकारी स्तर कहि कतैवाट बालबालिकाका लागि एक पैसा नआएको भन्दै दुख ब्यक्त गरिन् । गोदावरी नगरपालिका केहि रकम उपलब्ध गराएको बताउदै सो रकम घरको भाडा तिर्न मै सकिएको उनले बताइन् ।
महिला तथा बालबालिका सेभ हाउसमा सुदुरपश्चिम सहित सहित देशभरका विभिन्न जिल्लाका बेसाहारा बालबालिकाहरु पढ्ने र बस्ने गरेका छन् । महिला तथा बालबालिका सेभ हाउसमा रहेका डोटीको केआइ सिंह गाउपालिकाका १२ बर्षिय बालक सिद्ध पार्कीले आमाबुवाको निधन भएपछि आफु एक्लो हुदा साहारा कहि नपाएपछि यँहा पुगेको बताए ।
उनले आमाबुवाको निधन पछि आफ्नो आगाडी पछाडी कोहि नहुदा निकै दुःख भोगिरहेका बेला डोटीकै एक जना नेतालाई आफुलाई यँहा सम्म पुञ्याएको बताए । अहिले आफु थोरै भएपनि खुसी रहेको बताउदै उनले आफुलाई धेरै पढ्ने इच्चा रहेको सुनाए । धेरै पढेर भबिष्यमा के बन्ने मन छ भनी हामीले सोधेको प्रश्नमा उनले सुरुमा मलिन मुख लगाउदै भने खै पढ्न पाउँला र भने । मैले फेरि त्याहि प्रश्न दोहोञ्याउदा उनले भने डक्टर बन्ने मन छ । निकै इच्चा , चाहान र उर्जा भएका ति बालक अहिले कक्षा ७ मा पढिरहेका छन् ।
महिला तथा बालबालिका सेभ हाउसमा अहिले बुवाको मृत्यु भएका , आमाको मृत्यु , आमा बुवा दुवै गुमाएका , बुवा बेपत्ता भएका , आमा बुवा बिभिन्न अभियोगमा जेल जिवन बिताइरहेका आमाको मृत्यु पछि बुवाले अर्को बिवाह गर्दा सौतेनी आमाले बस्न नदिएका लगाएतका समस्यावाट पिडित बालबालिकाहरु रहेका छन् । यि सबै बालबालिकाहरुको दिनभरि हेरचाहा गर्ने , खाना पकाउने , खुवाउने , सरसफाइ गर्ने र स्कुल पुञ्याउने जस्ता कार्यमा अध्यक्ष मलासीकी छोरी गिता मलासी दिनरात नभनि खटिरहेकी हुन्छन् । यति मात्रै होइन उक्त सेभ हाउसमा हप्ता दिनमा बिभिन्न ठाउवाट पिडित भएको भन्दै न्यायका लागि आउने महिलाहरुलाई न्यायका लागि बिभिन्न मुद्धा मामिला झेल्नुपर्ने अबस्था रहेको सेभ हाउसले जनाएको छ ।
सेभ हाउसकी अध्यक्ष मलासीले आफुले थप्रै चुनौतिका बाबजुद यो संस्था स्थापना गरेपनि अहिले आएर बालबालिकाहरु थपिदै गएको र संचालन गर्न निकै समस्या भैरहेको बताइन् । उनले आनाथ तथा बेसाहारा बनेका बालबालिकाहरुको पिडामा मलम लगाउने काममा सबै सहयोगी हातहरुको खाँचो रहेको बताए । उनले देशमा बालबालिका र महिलाको क्षेत्रमा काम गर्ने थुप्रै संघसस्थाहरु रहेपनि सबै काठमाण्डौमा सिमित रहेको भन्दै दुखेसो पोखिन् ।
सुदुरपश्चिमका बिकट गाँउ ठाँउमा रहेका बेसाहारा र अनाथ बालबालिकाहरुलाई संरक्षण दिई उनीहरुको भबिष्य सुधारमा लागि रहेको अत्तरियाको महिला तथा बालबालिका सेभ हाउस तर्फ सम्बन्धित निकायको ध्यान जान आवश्य छ ।