धनगढी -कैलालीमा निषेधाज्ञा फेरि लम्बिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रशाद रिजालले असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।
परिमार्जित निषेधाज्ञाअनुसार अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी कार्यालय, संस्थानबाहेक अन्य सरकारी कार्यालय र सार्वजनिक निकायको सेवा बन्द रहनेछ ।
बिमा , बैंक तथा वित्तिय संस्थाको सेवा विहान ८ बजेदेखि १२ बजेसम्म सञ्चालन गर्न पाइने छन । यस्तै सभा, सम्मेलन, गोष्ठी, तालीम, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहरी, क्लब ,स्विमिङ पुल, पार्क, सैलुन, जिमखाना भने सञ्चालन गर्न नपाइने प्रमुख जिल्ला अधिकारीबाट सोमबार जारी आदेशमा उल्लेख गरिएको छ ।
आदेशमा खाद्य सामाग्रीका पसलहरु, निर्माण सामाग्री, हार्डवेयर, इलेक्ट्रोनिक्स, भाडा वर्तनका पसल, पुस्तक पसल, कपडा तथा फेन्सी पसल, टेलरिङ सेन्टर, विहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ ।
यस्तै वर्कसपहरु विहान ८ बजेदेखि साँझ ६ बजेसम्म सन्चालन गर्न पाइने छ । होटल, रेष्टुरेन्ट, खाजा तथा चिया पसलहरु भने बन्द रहनेछन् ।
