अत्तरिया - अत्तरिया जेसीज बर्ष २०२१ ले खाध्यान्न सहयोग गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत अत्तरिया जेसीजले गोदावरी नगरपालिकाका २ विपन्न परिवार र धनगढीमा रहेको दृष्टि फाउण्डेसनलाई खाद्यान्न सहयोग गरेको हो ।
जस अन्र्तगत गोदावरी नगरपालिका वडा नं. ४ मा रहेका अति विपन्न २ परिवारलाई खाद्यान्न सहयोग गरिएको अत्तरिया जेसीज वर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष एवम् राहत वितरण गरेको कार्यक्रमका संयोजक डण्डीराज जोशीले बताए ।
स्थानीय लक्ष्मी कामी र मनोज लुहारको परिवारलाई २ कट्टा चामल, २० किलोग्राम गहुँको पिठो, २ किलोग्राम नुन, २ प्याकेट तेल र तरकारी सहयोग गरिएको उनले बताए । यस्तै दृष्टि फाउण्डेसनलाई मसिनो चामल ५ बोरा, दाल ५ किलोग्राम, नुन ५ किलोग्राम, तेल ५ पोका, मसला र साबुन दर्जन हस्तान्तरण गरिएको हो ।
कोरोना महामारीका कारण डेढ महिनादेखी जारी लकडाउनका कारण साझँ बिहान हातमुख जोड्न पनि समस्यामा परेका गरिब परिवार र सहारा बिहिनहरुको संरक्षण गर्दै आएको दृष्टि फाउण्डेसनलाई जेसिजका तर्फवाट सानो भएपनि सहयोग गनुपर्छ भन्ने उध्ेश्यका साथ राहात बितरण गरिएको अत्तरिया जेसीज बर्ष २०२१ का अध्यक्ष पदमराज ओझाले जानकारी दिए ।
उनले सामाजिक क्षेत्रका कृयशिल रहेको जेसिजले बिपदका बेला सहाराबिहिनहरुको साहारा बनिरहेको बताए । यस्तो महामारीका बेला आफ्नो घर र संस्थामा आएर सहयोग गरेको भन्दै विपन्न परिवार र दृष्टि फाउण्डेसनकी सञ्चालिका कल्पना भट्टले जेसिजको प्रशंसा गर्दै धन्यवाद दिएका छन् ।
दृष्टि फाउण्डेसनकी सञ्चालिका भट्टले जेसीजबाट प्राप्त सहयोगले फाउण्डेसनमा रहेका सहाराबिहिनहरुलाई थप सहयोग पुग्ने समेत बताइन् । उक्त फाउण्डेसनमा हाल ४५ जना साहाराविहिन, सुस्तमनस्थिति भएका, महिला, बालबालिका र ५ जना हेरचाह गर्ने स्वयम्सेवकहरू बस्दै आएका छन् ।
जेसीजद्वारा दुवै ठाउँमा भएको उक्त राहत वितरण कार्यक्रममा अत्तरिया जेसीज बर्ष २०२१ का अध्यक्ष पदमराज ओझा, निवर्तमान अध्यक्ष प्रमोद अधिकारी, कार्यकारणी उपाध्यक्ष डण्डीराज जोशी, महासचिव प्रेरणा पाण्डे, कोषाध्यक्ष प्रकाश मल्ल लगायतको उपस्थिती रहेको थियो ।