अत्तरिया - सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरीले अत्तरियामा निर्माणाधिन धर्मशालाको अनुगमन गरेकी छन् ।
राज्यमन्त्री चौधरीको पहलमा प्रदेश सरकारको बजेटवाट गोदावरी नगरपालिका वडा नं १ मा पर्ने रामजानकी मन्दिरको प्रङणमा निर्माण भैरहेको रामजानकी मन्दिर धर्मशालाको आज अनुगमन गरिएको हो ।
सो क्रममा बोल्दै मन्त्री चौधरीले धर्मशालाको काम तिब्र भैरहेको र तोकिएको समयमै काम सम्पन्न गर्न निर्देशन दिइन् । उनले गुणस्तरिय सामानहरुको प्रयोग गरेर धर्मशाललाई यस क्षेत्रको नमुना बनाउन भनेकी छन् । उनले आफूले आफ्नो निर्वाचन क्षेत्रमा अन्य विकास निर्माणका कामसंगसंगै पर्यटन विकासलाई पनि जोड दिएको बताइन् ।
"मैले हाम्रो यस क्षेत्रको कला ,सस्कृति जोगाउन बिभिन्न मठ मन्दिरको स्तरोउन्नतीका लागि र पर्यटकिय क्षेत्रको विकासका लागि प्रदेश सरकारवाट बजेट हालेकी छु उनले भनिन् - अत्तरियामा रहेको बौद्ध गुम्वा देखी हरैयामा थारु संग्रालयका निर्माणका लागि पनि पहल गर्दै बजेट छुट्याउन लगाइ अहिले काम भैरहेको छ ।"
मन्त्री चौधरीको पहलमा अहिले यस क्षेत्रमा कृषिमा लागनी , पुलपुलेसा , खानेपानी आयोजना लगाएतका काम भैरहेका छन् ।
उपभोक्ता समिती मार्फत निर्माण भैरहेको रामजानकी मन्दिरको धर्मशाला निर्माणका लागि प्रदेश सरकारको पर्यटन मन्त्रालयले चालु आर्थिक बर्षमा ५ लाख बजेट छुट्याएको थियो ।
२ कोठाको बनिरहेको उक्त धर्मशालाको काम लगभग अन्तिम चरणमा पुगेको उपभोक्ता समितीले जनाएको छ । यसै आर्थिक बर्ष भित्रै काम पूर्ण रुपमा सम्पन्न हुने उपभोक्ता समितीले बताएको छ ।