अत्तरिया - नेपाली काग्रेसले सुदूरपश्चिममा कोरोना भाईसरको संक्रमणवाट बच्न चन्दा संकलनरहित सहयोग अभियानलाई तिब्रता दिएको छ ।
काग्रेसका युवा नेता क्षितिज भण्डारीको बिषेश पहलमा यहाँका नागरिकहरुलाई कोरोना संक्रमणवाट बचाउनका लागि निशुल्क अक्सिजन वितरण देखी क्वारेन्टाईन निर्माणकार्य र स्वास्थ्य सामाग्री घरदैलो अभियानलाई तिब्रता दिएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिस्ठ र शिर्ष नेताको निर्देश अनुसार कांग्रेसले सुदुरपश्चिममा कोरोनामा चन्दा संकलनरहित सहयोग अभियान तिब्रता दिदै “मोबाइल क्वारेन्टाइन निर्माण सेवा“ सुभारम्भ गरेको युवा नेता भण्डारीले जानकारी दिए ।
सोही क्रममा कैलालीमा गोदावरी नगरपलिका वडा नं १ अत्तरिया (मनहरा) मा रहेका बम्हकुमारी बिश्वविधालय एवं आश्रममा निशुल्क ड्राई क्वारेन्टाइन निर्माणका लागि आवश्यक सामाग्रीहरु वितरण गरिएको छ ।
आज नेपाली काग्रेसका क्षेत्रीय सभापति हरिश खडकाको प्रमुख अथित्यतामा युवा नेता क्षितिज भण्डारी र अत्तरियाका स्वयंसेवक कमाण्डरहरुको टोलीले बम्हकुमारी बिश्वविधालयकी संचालिका बम्हकुमारी इन्दुलाई निशुल्क ड्राई क्वारेन्टाइनका लागि आवश्यक सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
आश्रममा भारतबाट फर्कने ब्यक्तीहरुबाट सम्भाबित कोरोना संक्रमणबाट जोगाउन कांग्रेसको तर्फबाट निशुल्क ड्राई क्वारेन्टाइन निर्माणकार्यको सम्पुर्ण सामग्री बक्सामा हस्तान्तरण गरिएको युवा नेता भण्डारीले जानकारी दिए ।
यसका साथै क्वारेन्टाइन बसाईपछि पनि निशुल्क पिसिआर परीक्षण , एम्बुलेन्स, अक्सिजन सिलेन्डर र उपचारको जिम्मेवारी समेत आफुहरुले लिएको उनले बताए ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा अत्तरियाका स्वयंसेवक कमान्डर देवराज ओझा, जगतराम महरा, गणेश भट्टको सहभागिता रहेको थियो ।